गाउँ सहर

नेवारी भाषा संरक्षणका लागि प्रशिक्षण

लेखनाथ । गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराको आयोजना र अर्घौ नेवाःखाल लेखनाथको सहकार्यमा संचालित एक महिने नेपाल (नेवारी) भाषा प्रशिक्षण सम्पन्न भएको छ ।

भाषा,कला र सस्कृती लोप हुदै गएकोले यसको संरक्षणका लागि दैनिक रुपमा वोलिने भाषाको प्रयोगलाई बढवा दिनु पर्ने उदेस्यका साथ एक महिने नेपाल भाषा तालिमको आयोजना गरिएको हो ।

गत बैशाख महिना देखि सुरु भएको तालिममा लेखनाथ नगर क्षेत्र भित्र रहेका आठ वटा नेवा: खालका करिव ४० जनाको सहभागीता रहेको थियो ।

तालिम समापन समारोहमा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठन लोक संस्कृती विभाग प्रमुख डिल कुमारी पौडेलले मातृभाषाको संरक्षण र प्रवद्र्धनका लागि प्रतिष्ठानले अभियान चलाउदै नेपालको चिनारी भनेको भाषा, कला र सस्कृती हो भन्ने सवैले बुझनु पर्नेमा जोड दिएकी थिईन ।

एक महिना सम्म चलेको तालिमा मधुसुदन जोशी र भरतलाल श्रेष्ठले  सहजीकरण गरेका थिए ।

अर्घौ पौवा नेवाः खलका अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्रगोपाल श्रेष्ठ,नेवाः मिसा पुच कास्कीका अध्यक्ष संगीता बज्राचार्य, लेखनाथ नेवाः खलका अध्यक्ष भैरवलाल श्रेष्ठ, नेवाःखल कास्कीका उपाध्यक्ष सस्कृत विध तिर्थ श्रेष्ठ, नेवा खाल मिस पुच कास्कीका निर्वतमान अध्यक्ष मेनुका श्रेष्ठ, लेखनाथ मिस पुचका अध्यक्ष पवित्रा श्रेष्ठ र सहभागीहरुको तर्फबाटवर्षा श्रेष्ठ लगाएतले तालिम फलदायी र जीवनोपयोगी भएको बताएका थिए । 

तपाईँको मत