दुई जिल्ला जोड्ने पुल निर्माण ठप्प हुँदा स्थानीयलाई सास्ति
- गाउँ सहर संवाददाता
- १९ जेठ शुक्रबार, २०८० | ०७:४९:०० मा प्रकाशित

रुकुमपूर्व । रुकुम पश्चिम रुकुमपूर्व दुई जिल्ला जोड्ने एक महत्वपूर्ण पुल निर्माण अवधि समाप्त भएर पनि पुल बन्न सकेको छैन।
सम्झौता अनुसार काम भएको भए तीन महिनाअघि नै बनिसक्थ्यो। सिस्ने गाउँपालिका–७ स्थित नाथिगाड खोलामा पक्की पुल निर्माण अवधि समाप्त भएर बन्न नसकेकाे हाे। निर्माणको जिम्मा लिएको धुलिखेल–सिस्ने हिमाल जेभीको लापरबाहीले डेढ वर्षदेखि काम ठप्प छ।
सडक पूर्वाधार विकास कार्यालय रुकुमपूर्व र धुलिखेल–सिस्ने हिमाल जेभीबिच २०७९ फागुन २३ भित्रै पुल निर्माण सक्ने गरी डेढ वर्षअघि सम्झौता भएको थियो।
पुल नहुँदा यात्रुले वर्षमा झन्डै छ महिना दुःख पाउँछन्। विशेष गरी वर्षायाममा खोलामा जलस्तर बढ्दा स्थानीयले सास्ती खेप्नुपर्छ। डेढ वर्षमा २० मिटर लम्बाइको पुल निर्माण गर्ने गरी करिब तीन करोड रुपियाँको बजेटमा ठेकेदारले जिम्मा लिएको थियो तर म्याद सकिँदासम्म हाल पुलको एउटा पनि पिल्लर निर्माण गरिएको छैन।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस