दुई जिल्ला जोड्ने पुल निर्माण ठप्प हुँदा स्थानीयलाई सास्ति
- गाउँ सहर संवाददाता
- १९ जेठ शुक्रबार, २०८० | ०७:४९:०० मा प्रकाशित
रुकुमपूर्व । रुकुम पश्चिम रुकुमपूर्व दुई जिल्ला जोड्ने एक महत्वपूर्ण पुल निर्माण अवधि समाप्त भएर पनि पुल बन्न सकेको छैन।
सम्झौता अनुसार काम भएको भए तीन महिनाअघि नै बनिसक्थ्यो। सिस्ने गाउँपालिका–७ स्थित नाथिगाड खोलामा पक्की पुल निर्माण अवधि समाप्त भएर बन्न नसकेकाे हाे। निर्माणको जिम्मा लिएको धुलिखेल–सिस्ने हिमाल जेभीको लापरबाहीले डेढ वर्षदेखि काम ठप्प छ।
सडक पूर्वाधार विकास कार्यालय रुकुमपूर्व र धुलिखेल–सिस्ने हिमाल जेभीबिच २०७९ फागुन २३ भित्रै पुल निर्माण सक्ने गरी डेढ वर्षअघि सम्झौता भएको थियो।
पुल नहुँदा यात्रुले वर्षमा झन्डै छ महिना दुःख पाउँछन्। विशेष गरी वर्षायाममा खोलामा जलस्तर बढ्दा स्थानीयले सास्ती खेप्नुपर्छ। डेढ वर्षमा २० मिटर लम्बाइको पुल निर्माण गर्ने गरी करिब तीन करोड रुपियाँको बजेटमा ठेकेदारले जिम्मा लिएको थियो तर म्याद सकिँदासम्म हाल पुलको एउटा पनि पिल्लर निर्माण गरिएको छैन।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस