‘निर्वाण कलेज’ प्रविधिमैत्री शैक्षिक प्रणालीमा अब्बल छ : पाण्डेय
- गाउँ सहर संवाददाता
- २३ असार शनिबार, २०८० | १७:०८:०० मा प्रकाशित
काठमाडाैं । भरखर एसईई दिएका विद्यार्थीहरूकाे नतिजा सार्वजनिक भएकाे छ । ती विद्यार्थीहरू राम्रा पढाइ हुने उच्चमावि तहका कलेजमा खाेजीमा छन् । यतिबेला गुणस्तरीय शिक्षा दिन्छौँ भनेर दाबी गर्दै विभिन्न अफर देखाएर राम्रा विद्यार्थीका फोटासहितका ब्रोसर, प्रिन्सिपलका अन्तर्वार्ता, इलेक्ट्रोनिक विज्ञापनसहित कलेजहरू विद्यार्थी लोभ्याइरहेका छन् । तर अंक केन्द्रीत परम्परागत शिक्षण सिकाईको अभ्यासलाई तोड्दै प्रविधि र जीवन व्यवहारमा आधारित वर्तमान शिक्षण सिकाईको थालनी गर्ने कलेजहरू कमै मात्रै छन् । यसैमध्ये पर्दछ भड्किलो प्रचार नगरि उत्कृष्ट नतिजाका साथ विद्यार्थी उत्पादन गर्ने प्रविधिमैत्री शैक्षिक प्रणालीमा विश्वास गर्ने शैक्षिक संस्था 'निर्वाण कलेज' । ललितपुरकाे कुमारीपाटीमा अवस्थित आफ्नो छुट्टै र विशिष्ट पहिचान बनाउदै अध्यापन गराइरहेकाे यस कलेजमा पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका विद्यार्थीहरु हाल अध्ययन गरिरहेका छन् ।
२४ वर्ष लामो शैक्षणिक अनुभव बटुलेको निर्वाण कलेजले ललितपूरको शैक्षिक हब कुमारीपाटीमा आफ्नौ फरक किसिमको पहिचान बनाउन सफल भएको छ । अभ्यास र अनुभवबाट सिकेर शिक्षा व्यवस्था र शिक्षालयको अवस्थामा गुणात्मक परिवर्तन गर्न नयाँ ब्यवस्थापकीय सोच र स्रोत साधनकासाथ संचालनमा रहेको कलेजमा अध्यापनको शैक्षिक अनुभव बटुलेका कलेज को-अर्डिनेटर छन् उपेन्द्र पाण्डेय ।
कलेजले अबलम्बन गरेको महत्वपूर्ण शिक्षण पद्धति भनेको नै विद्यार्थी केन्द्रित पठनपाठन पद्धति हो । यस संस्थाले स्कुलतर्फ नर्सरीदेखि १० कक्षासम्म र माध्यमिकतहकक्षा ११ र १२ तर्फ विज्ञान, ब्यवस्थापन, कानून र मानविकी संकाय साथै हाल स्नातकतर्फ बि.बि.एस.को अध्ययनअध्यापन गराउँदै आईरहेको र निकट भबिष्यमा, MBA, MBS, BBA, BBM, BSc.CSIT, BCA/BASW जस्ता संकायहरुमा अध्ययन अध्यापनको योजना रहेको को-अर्डिनेटर पाण्डेय भनाइ छ ।
विद्यार्थीहरुको क्षमताअनुसारको शिक्षा प्रदान गर्ने शिक्षा दिनु निर्वाण कलेजको प्रमुख विशेषता रहेकाे पाण्डेय बताउँछन् । विभिन्न क्षमताअनुसारको विद्यार्थीहरु मध्ये अब्बल विद्यार्थीहरुलाई झनै अब्बल र कमजोर विद्यार्थीहरुलाई बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन कलेज सधैँ तत्पर रहेकाे उनी बताउँछन् । गरीब जेहेन्दार र आर्थिक रुपमा कमजोर रहेका विद्यार्थीहरुलाई यस कलेजले छात्रवृत्तिको ब्यवस्था दिँदै अध्ययनको लागि समान अवसर भन्ने नाराकासाथ अध्यापन गराउँदै आईरहेको छ ।
गुणस्तरीय शिक्षाले नै पुनर्जन्म सम्भव छ भन्ने मुल नाराका साथ स्थापना भएको निर्वाण कलेजको आफनै अत्याधुनिक भौतिक संरचना, आधुनिक विज्ञान प्रयोगशाला, होटल म्यानेजमेन्ट ल्याब, कम्प्युटर ल्याब, लाईब्रेरी, ई–लाईब्रेरी र फुटसल मैदान आदि छन् भने हालै यस केलेजले आफ्नो शैक्षिक गुणस्तरलाई बृद्धि गर्दै Transforming education with Technology, भन्ने मुलनारालाई आत्मसाथ गरी, Nirvana Mobile Apps, Student's Digital Attendance System, Online-Offline Assignment System, Digital Library, Digital Student's Performance Report जस्ता प्रविधिमैत्री शैक्षिणिक प्रणालीहरुलाई विस्तार गरि कार्यान्वयनमा ल्याएको छ ।
बजारमा एकातिर दक्ष जनशक्तिको अभाव छ, अर्कातिर बेरोजगारको संख्या पनि बढ्दो छ । यिनै समस्याको समाधानका लागि निर्वाण कलेजले विभिन्न कार्यक्रम गर्दै आएको छ । विद्यार्थीलाई शिक्षासँगै बजारको आवश्यकता अनुसारको सीप प्रदान गर्दै दक्ष जनशक्ति उत्पादनमा अग्रसर यस कलेजले आफ्ना विद्यार्थीहरुको उज्जवल भविष्यको आधार निर्माण गर्दै आएको छ । यस कलेजको विगत २४ वर्षदेखि सतप्रतिशत नतिजा र पूर्व विद्यार्थीहरुको सफलताले नै यो कुरा प्रमाणित हुदै आएको छ ।
कलेजले नियमित पठनपाठनको अलावा सामाजिक क्षेत्रमा पनि धेरै कार्यक्रम सञ्चालन गर्दै आएको छ । वृक्षारोपण, विपन्नहरुलाई खाद्यान्न सहयोग, सहरको सरसफाइ, आदि जस्ता धेरै कार्यक्रमहरु कलेजले नियमित रुपमा सञ्चाल गर्ने गरेको को-अर्डिनेटर पाण्डेय बताउँछन् । ‘पठनपाठन सँगै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमलाई हामीले प्राथमिकतामा धेरै कार्यक्रम सञ्चालन गर्दै आएका छौं, जसले समाजका विभिन्न क्षेत्रलाई ठुलो सहयोग पुर्याउँदै आएको छ,’ उनले भने ।
कलेजले सञ्चालन गरेका विषयहरु पनि प्रयोगात्मक एवं व्यवहारिक भएकाले अध्ययनपश्चात् सकेसम्म विद्यार्थी बेरोजगार हुने अवस्था नआउने प्रयास गरिरहेकाे को-अर्डिनेटर पाण्डेयको भनाइ छ ।
घोकन्ते र सैद्धान्तिक शिक्षण प्रणालीले शिक्षाको वास्तविक लक्ष्य प्राप्त नहुने भन्दै विद्यार्थीको निहित प्रतिभा उजागर गर्दै जीवन व्यवहारिक शिक्षा प्रदान गर्नुपर्ने उनी बताउँछन् । शिक्षण सिकाइमा प्रविधिको प्रयोग प्राथमिकतामा राखिएकाे उनकाे भनाइ छ । ज्ञानको दायरा बढ्दै गएको बेला प्रविधिमा आधारीत शिक्षण सिकाइ दीर्घकालिन र प्रभावकारी हुने उनी बताउँछन् ।‘अबको शिक्षा प्रविधिमैत्री हुनुपर्छ भनेर हरेक कक्षा कोठालाई प्रविधिमैत्री बनाएका छौं’ उनले भने, ‘कलेजमा लाइब्रेरी, ई–लाइब्रेरी र अन्तर्राष्ट्रिय स्तर मापदण्डमा आधारीत प्रयोगशालाको व्यवस्था गरिएको छ ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति
- नेप्से परिसूचक र काराेबार रकम दुवै बढ्याे
- बैङ्किङ सिस्टममा आएको अराजकता बारेमा सरोकारवालाहरूसँग छलफल गरिरहेका छाैँ - गभर्नर अधिकारी
- ग्लोबल आईएमई बैंकको नाफा ४९.५१ प्रतिशतले वृद्धि
- रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्दै ५९ जना नेता–कार्यकर्ताले एमाले छाडे
- महिला यू-१९ विश्वकपमा आज नेपालको स्कटल्याण्डसँग खेल्दै
- पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले आजको मौसम यस्ताे
- प्रथम खो खो विश्वकपमा नेपाली महिला टिम दाेस्राे
- आइएमई पेमा उडान मेला: आन्तरिक हवाइ टिकटमा सबैभन्दा बढी क्यासब्याक
- राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चबाट खारेज
प्रतिकृया दिनुहोस