गाउँ सहर

मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरानजिक दुर्घटना भएकाे प्रारम्भिक सूचना

काठमाडाैं । मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-२ लामाजुरा पासमा दुर्घटना भएको खबर प्रहरीलाई दिएका छन्। 

लुक्लाबाट काठमाडौंका लागि उडेको यो हेलिकोप्टर दूधकुण्ड नगरपालिका-२ लामाजुरा पासमा दुर्घटना भएको खबर आएपछि अहिले प्रहरीको टोली त्यसतर्फ लागेको छ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाका अनुसार स्थानीयको सूचनापछि बेनी प्रहरी चौकीबाट असईको नेतृत्वमा टोली त्यसतर्फ गइसकेको छ।

मंगलबार सोलुखुम्बुको लामाजुरादेखि बेपत्ता ९ एन एमभी कलसाइनको मनाङ एयरको हेलिकोप्टरमा सवार पाँचै जना मेक्सिकन नागरिक भएको खुलेको छ।

मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको ९ एन एमभी कलसाइनको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएकाे थियाे।

सुर्के हेलिप्याडबाट बिहान १० बजे उडेको हेलिकोप्टर १२ मिनेटपछि सम्पर्कविहीन भएको हो। सोलुखुम्बुको लामाजुरासम्म हेलिकोप्टर सम्पर्कमा रहेकोमा त्यसपछि लुक्ला टावरले काठमाडौं टावरलाई ह्यान्डओभर गरेको थियो। ह्यान्डओभर गर्दा हेलिकोप्टर सम्पर्कविहीन भएको हो।

दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत