अर्थतन्त्र

मौद्रिक नीति सन्तुलित छः अध्यक्ष सुनील केसी

काठमाडौँ। नेपाल बैंकर्स संधका अध्यक्षले हिजो राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिलाई सन्तुलित मौद्रिक नीति भनेका छन्। अन्तर्राष्ट्रिय अर्थतन्त्रमा अन्योलता कायम रहकै समयमा राष्ट्र बैंकले यस प्रकार मौद्रिक नीति ल्याउनु स्वागतयोग्य भएको संधका अध्यक्ष सुनील केसीले बताएका हुन्।

उनले बेलायतले ब्याजदर बढाएको र फेडले बढाउने तयारी गरिरहेको समयमा राष्ट्र बैंक भने लचिलो भएको बताए।

राष्ट्र बैंकले चालू आर्थिक वर्ष ५६० अर्ब कर्जा प्रवाहको नीति लिएपनी कार्यान्वयन चुनौतीपूर्ण रहेको उनले बताए। गत वर्ष २ खर्ब, अघिल्लो वर्ष ४ खर्ब मात्रै कर्जा प्रवाह भएको भन्दै चालू आर्थिक वर्ष ५६० अर्ब प्रवाह हुने भन्नू आफैंमा ठूलो लक्ष्य भएको समेत उनले बताए।

गाउँ सहर संवाददाता

तपाईँको मत