चालु आर्थिक वर्षको साउन महिनामा १८ अर्ब रुपियाँको पेट्रोलियम पदार्थ आयात
- गाउँ सहर संवाददाता
- ९ भदौ शनिबार, २०८० | ०८:११:०० मा प्रकाशित
काठमाडौँ । चालु आर्थिक वर्षको साउन महिनामा १८ अर्ब रुपियाँ बराबरको झन्डै दुई लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउन महिनामा १७ अर्ब ७९ करोड ४३ लाख रुपियाँ बराबरको एक लाख ९१ हजार ७९६ किलोलिटर (पेट्रोल, डिजेल, मटितेल, ग्यास हवाई इन्धन) आयात भएको हो । अघिल्लो वर्षको तुलनामा २३ प्रतिशत इन्धन आयात कमी भएको हो ।
अघिल्लो वर्षको साउन महिनामा २१ अर्ब ९८ करोड रुपियाँको इन्धन आयात भएको थियो । बजारमा खपत कम हुँदा आयातमा कमी आएको हो । मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण विकास निर्माणका काम कम हुँदा गत वर्षदेखि नै इन्धनको खपतमा कमी हुँदै आएको थियो ।
विभागका अनुसार साउन महिनामा सात अर्ब ३४ करोड ७१ लाख २५ हजार रुपियाँ बराबरको ७६ हजार ७१६ किलोलिटर डिजेल आयात भएको छ । पाँच अर्ब ४४ करोड ७० लाख ७६ हजार रुपियाँको ५६ हजार ९०१ किलोलिटर पेट्रोल आयात भएको छ । एक अर्ब १७ करोड ९४ लाख १० हजार रुपियाँको १२ हजार ५४८ किलोलिटर हवाई इन्धन आयात भएको तथ्याङ्क छ । यस्तै तीन अर्ब २२ करोड ८७ लाख रुपियाँ बराबरको ४५ हजार ६३१ मेट्रिक टन एलपी ग्यास आयात भएको छ । पेट्रोलियम पदार्थको आयातबाट सात अर्ब २८ लाख ५२ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । निगमका अनुसार हाल बजारमा मासिक पेट्रोल ५६ हजार ४२६ किलोलिटर, डिजेल एक लाख १७ हजार २६४ किलोलिटर, मटितेल एक हजार ८३ किलोलिटर, हवाई इन्धन १४ हजार ४४७ किलोलिटर र खाना पकाउने एलपी ग्यास ४२ हजार ६८१ मेट्रिक टन खपत हुने गरेको छ ।
निगमका अनुसार आव २०७९/८० मा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेर दुई खर्ब ८१ अर्ब ७३ करोड २६ लाख रुपियाँ बराबरको २७ लाख ८२ हजार ८३२ किलोलिटर (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन र एलपी ग्यास) आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा तीन खर्ब आठ अर्बको ३१ लाख ८९ हजार ७१६ किलोलिटर आयात भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एशियन लाईफले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
- ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’
- जसपाका मन्त्रीले लिए शपथ
- नेपालमा सुधारकाे संकेत !
- कोसीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
- कोसीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
- निर्वाचन आयोगविरुद्ध उपेन्द्र यादवले दिए सर्वोच्चमा रिट
- उपेन्द्र यादवकाे राजीनामापछि जसपाद्वारा प्रदीपसहित तीन मन्त्रीकाे नाम सिफारिस
- नेप्सेमा सामान्य अंकको सुधार, ३ अर्ब १५ करोडको कारोबार
- प्रभु बैंकका ग्राहकलाई चिरायु नेशनल हस्पिटलमा छुट
प्रतिकृया दिनुहोस