गाउँ सहर

राेजगारी - विद्युत् प्राधिकरणमा करिब ४ सय कर्मचारी माग

  • २४ कार्तिक शुक्रबार, २०८० | १०:४१:०० मा प्रकाशित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले करिब ४ सय कर्मचारी माग गरेको छ ।

प्राधिकरणले सहनिर्देशकदेखि प्राविधिकसम्म करिब ४ सय जना माग गर्दै सूचना प्रकाशन गरेको छ ।

प्राधिकरणले दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान गर्दै शुक्रबार सूचना प्रकाशन गरेको हो ।

प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ ।

३ जना उपप्रवन्धक , सहायक निर्देशक, सहायक प्रवन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा प्राधिकरणले जनशक्ति माग गरेको हो ।

प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ।

इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले मंसिर १४ गतेसम्म दरखास्त दिन सक्ने सूचनामा जनाइएको छ ।

प्राधिकरणको वेभ साइटमा गएर अनलाइन दरखास्त दिन सकिनेछ ।

तपाईँको मत