सात अर्बको विकास ऋणपत्र जारी गरिँदै
- गाउँ सहर संवाददाता
- १९ मङ्सिर मंगलबार, २०८० | ०७:२७:०० मा प्रकाशित
काठमाडौं । सरकारलाई आवश्यक रकम जुटाउन नेपाल राष्ट्र बैङ्कले सात अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले आठ वर्ष अवधिको विकास ऋणपत्र २०८८ ‘च’ बिक्री गर्न लागेको हो ।
बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदका लागि बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैङ्कको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्ने छ ।
इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्ने राष्ट्र बैङ्कले जारी गरेको सूचनामा उल्लेख छ । प्रतिस्पर्धी खरिदकर्तालाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात् पाँच अर्ब ९५ करोड रुपियाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात् एक अर्ब पाँच करोड छुट्याइएको छ ।
इच्छुक लगानीकर्ताले मङ्सिर १९ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयरमार्फत बोलपत्र पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्कासित रकमको सीमा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्म माग गर्न सकिने छ । ऋणपत्र यही मङ्सिर २० गते निष्कासन हुने छ भने २०८८ मङ्सिर २० गते साँवा भुक्तानी हुने छ ।
विकास ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने राष्ट्र बैङ्कले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रतिभामा वक्तृत्वकला
- ग्लोबल आइएमई बैंकले बीवाईडी गाडी किन्न कर्जा दिने
- सेयर बजार : नेप्से ४५ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब नाघ्यो
- मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध २४ करोडको मुद्दा
- गृहमन्त्री लामिछानेलाई बोल्न दिने, त्यसपछि सदन चल्न नदिने विपक्षी दल बैठककाे निर्णय
- सुनको भाउ नयाँ रेकर्ड बनाउँदै तोलाको १ लाख ४० हजार ९ सय रुपैयाँ पुग्यो
- बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
- मौद्रिक नीतिको त्रैमासिक समीक्षाः कुल गार्हस्थ्य उत्पादन ३.८७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान
- प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चाैथाेपटक विश्वासको मत लिँदै
- सदनमा कांग्रेस र एमाले सांसदबीच कुँम ठाेकाठाेक
प्रतिकृया दिनुहोस