गाउँ सहर

एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले नेपाली टेलिकमलाई स्थापित हुन दिएनन् : चाैधरी

  • २१ मङ्सिर बिहीबार, २०८० | १३:१४:०० मा प्रकाशित

काठमाडौं । चौधरी फाउण्डेशनका उपाध्यक्ष तथा सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेल शेयर खरिदबिक्री प्रकरणमा टिप्पणी गरेका छन् ।

बिहीबार चौधरीले समाजिक सञ्चालमा एक स्टाटस लेख्दै नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएकाे बताएका छन् ।

उनले सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुँदै गएको दाबी गरेका छन् ।

उनल लेखेका छन ‘एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले १० बर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् । आज जे भएको छ यहि गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन् । देशमा अहिले ‘त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ।’                                                                       

चौधरीले भनेका छन्, ‘नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन् । सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुदैछ । हेर्दै जाऔँ, अरु के के देख्न पाइने हो । एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले १० वर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् । आज जे भएको छ यहि गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन् ।’

आज एनसेलको विदेशी शेयर कौडीको भाउमा किनबेच भइरहेको प्रकरणलाई लक्षित गर्दै चौधरीले यही गर्नका लागि सीजी टेलिकमलाई सबै मिलेर रोकेको आरोप लगाएका छन् । उनले देशमा अहिले तँ कुटेजस्तो गर्, म रोएजस्तो गर्छु नामको सिनेमा चलिरहेको टिप्पणी समेत गरेका छन् ।

तपाईँको मत