अर्थतन्त्र

बजार घटेपनि हाइड्राेपावरकाे सेयर बढ्याे

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । कारोबार सुरु भएको ३५ मिनेटमै २१०६ विन्दुसम्म पुगेको नेप्से अन्ततः कारोबार बन्द हुँदा २०८८.९ विन्दुमा कायम भयो । नेप्से अघिल्लो दिनको तुलनामा ०.६२ अंक घटेको हो । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ५ अर्ब १३ करोडको धितोपत्र कारोबार भएकोमा बिहीबार ४ अर्ब ३० करोडमा खुम्चियो ।

कुल १२१ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ९ को स्थिर रह्यो । अधिकांश समूह घटेका छन् । जीवन बीमा र होटल समूह सबैभन्दा धेरै १/१ प्रतिशत घटे । हाइड्रोपावर समूह सबैभन्दा धेरै १.५ प्रतिशत बढ्यो ।

अंकका आधारमा बैंकिङ १.२, विकास बैंक ३८, फाइनान्स १६, होटल तथा पर्यटन ५७, जीवन बीमा ११४, उत्पादन २६ र निर्जीवन बीमा समूह ६४ अंक घटे । व्यापार ११, अन्य ३ र हाइड्रोपावर समूह ३९ अंक बढे ।

७ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिडसोलु हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ र हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्यो । हालै बजारमा सूचीकृत भएको हिमालयन रिइन्स्योरेन्स कम्पनीको मूल्य प्रतिकित्ता ४५२ रुपैयाँ ६० पैसा पुगेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत