गाउँ सहर

दाङ बस दुर्घटनामा मृत्यु भएका १२ मध्ये ८ जनाको सनाखत

बाँके । बाँकेको नेपालगञ्जबाट काठमाडाैँतर्फ जाँदै गरेको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गए राति १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो ।

मृत्यु हुने मध्येका  ८ जनाको सनाखत भएको छ । मृतक १२  जना मध्ये  दुई जना भारतीय नागरिक सहित ८ जनाको परिचाहन भएको  हो ।

दुर्घटनामा परी घाइते भएकामध्ये आठ जनाको बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार पाँचवटा एम्बुलेन्समा घाईतेलाई शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको थियो ।  

नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस गए राति १०:३० बजे राप्ति नदीमा खसेको हो । प्रहरी बसका चालक सल्यान घर भएका २८ वर्षिय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ ।

मृत्यु हुनेहरूमा बाँके जिल्ला बस्ने वर्ष ६० का कुसुम बस्नेत, मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौँ चन्द्रागिरि बस्ने वर्षका ६५ ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका वर्ष ३१ का मुने, जुम्लाका वर्षका ४० मुन बहादुर रावत, बाँकेका वर्ष ३०का रामवरण हरिजन, रुकुमका वर्ष २५ का दीपक कामी, भारत विहारका वर्ष ६७ का जोगेन्द्र रामको सनाखत भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १२ वटै शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। नमस्ते यातायातको बसमा ३६ जना सवार थिए ।दुर्घटनाग्रस्त बस। तस्बिर : रासस

गाउँ सहर संवाददाता

तपाईँको मत