यस्ताे छ त्रिभुवन विश्वविद्यालयकाे शैक्षिक क्यालेण्डर
- गाउँ सहर संवाददाता
- ५ माघ शुक्रबार, २०८० | १०:२७:०० मा प्रकाशित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर प्रकाशित गरेको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार तथा समन्वय परिषद्को बुधबार ३ गते बसेको बैठकले शैक्षिक क्यालेण्डर प्रकाशित गर्ने निर्णय गरेको थियो ।
विद्यार्थीको शैक्षिक प्रमाणपत्र अनलाइनबाटै आवेदन दिन सकिने र क्याम्पसबाट एक साताभित्रै लिन सकिने घोषणा गरेको भोलिपल्टै शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । भर्ना कहिले हुने र परीक्षा कहिले लिने भन्ने शैक्षिक क्यालेण्डरमा उल्लेख भए पनि नतिजा सार्वजनिक गर्ने अवधिको बारेमा मौन छ ।
विश्वविद्यालय परीक्षा सुधार तथा समन्वय परिषद्को बिहीबार बसेको बैठकले स्नातक तहको वार्षिक तथा सेमेस्टर प्रणाली र स्नातकोत्तर तहको सेमेस्टर प्रणालीको शैक्षिक क्यालेण्डर प्रकाशित गरेको हो ।
यस वर्ष साउनमा भर्ना भएका पहिलो वर्षका विद्यार्थीले ०८३ चैत दोस्रो सातासम्म चौथो वर्षको पढाई पुरा गर्ने र ०८४ वैशाख दोस्रो साता परीक्षा हुने मिति नै तय गरेर शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको हो । शैक्षिक सत्र २०८० को स्नातक तहको वार्षिक प्रणालीको शैक्षिक क्यालेण्डरमा पहिलो वर्षको परीक्षा भदौ ०८१ दोस्रो साता हुने भएको छ ।
क्यालेण्डर अनुसार साउन दोस्रो सातासम्म मात्रै कक्षा हुनेछ । त्यस्तै सेमेस्टर प्रणाली अनुसार यस वर्ष भर्ना भएका विद्यार्थीले आठौँ सेमेस्टर ०८४ असोजमा परीक्षा सकिने योजना सहितको शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको हो । त्रिविका अनुसार पहिलो सेमेस्टरको परीक्षा ०८१ वैशाख, दोस्रोको ०८१ असोज, तेस्रो सेमेस्टरको ०८१ चैत, चौथो सेमेस्टरको ०८२ भदौ÷असोज, पाँचौँको ०८२ चैतमा परीक्षा गर्ने योजना क्यालेण्डरमा उल्लेख छ । छैटौँ सेमेस्टरको परीक्षा ०८३ असोज, सातौँको ०८३ चैत र आठौँको ०८४ असोजमा परीक्षा गर्ने क्यालेण्डरमा उल्लेख छ ।
स्नातक तर्फको भने सेमेस्टरको क्यालेण्डर सार्वजनिक गरेको हो । ०८० माघ पहिलो साता स्नातकोत्तरको पहिलो सेमेस्टर भर्ना भएका विद्यार्थीले पहिलो सेमेस्टर ०८१ असारमा पहिलो सेमेस्टरको परीक्षा दिने, दोस्रो सेमेस्टर ०८१ माघ, तेस्रो सेमेस्टर ०८२ असार र चौथो सेमेस्टर ०८२ पुसमा परीक्षा लिने गरी विश्वविद्यालयले शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
- मौद्रिक नीतिको त्रैमासिक समीक्षाः कुल गार्हस्थ्य उत्पादन ३.८७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान
- प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चाैथाेपटक विश्वासको मत लिँदै
- सदनमा कांग्रेस र एमाले सांसदबीच कुँम ठाेकाठाेक
- संसदमा झडप (लाइभ)
- यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय
- शेरबजार : नेप्सेमा ४ अर्ब २३ करोडको कारोबार
- गिरीबन्धु टि-स्टेट प्रकरणमा देउवा-ओली आमने सामने
- संसद बैठक चार बजे
- कुनैपनि राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ - डा. शेखर काेइराला
प्रतिकृया दिनुहोस