यस वर्षकाे एसईई परीक्षा चैत १५ गतेदेखि
- गाउँ सहर संवाददाता
- ७ माघ आइतबार, २०८० | १८:५३:०० मा प्रकाशित
काठमाडौँ । माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ।
आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो।
बिचमा होली पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको बोर्ड अध्यक्ष डा। महाश्रम शर्माले बताए । चैत ११ र १२ गते होली पर्व रहेको छ। त्यसैले होलीपछि परीक्षा गर्न लागिएको अध्यक्ष शर्माले बताए ।
बोर्डको वार्षिक कार्यतालिका अनुसार चैतको पहिलो साताबाट परीक्षा गर्न भन्ने थियो । तर, होली पर्वका कारण परीक्षा मिति सार्नुपरेको हो ।
यो वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार चार छात्र र २ लाख ४३ हजार ४४० छात्राले रजिष्ट्रेसन फाराम भरेका छन् ।
यो वर्षको परीक्षामा प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रवि लामिछाने भित्र बाेले, गगनले बाहिर प्रमाण खाेले
- डिष्ट्रिक्ट ३२५ जे को क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न
- प्रतिभामा वक्तृत्वकला
- ग्लोबल आइएमई बैंकले बीवाईडी गाडी किन्न कर्जा दिने
- सेयर बजार : नेप्से ४५ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब नाघ्यो
- मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध २४ करोडको मुद्दा
- गृहमन्त्री लामिछानेलाई बोल्न दिने, त्यसपछि सदन चल्न नदिने विपक्षी दल बैठककाे निर्णय
- सुनको भाउ नयाँ रेकर्ड बनाउँदै तोलाको १ लाख ४० हजार ९ सय रुपैयाँ पुग्यो
- बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
- मौद्रिक नीतिको त्रैमासिक समीक्षाः कुल गार्हस्थ्य उत्पादन ३.८७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान
प्रतिकृया दिनुहोस