शिक्षा

एसईई परीक्षाको तालिका सार्वजनिक, चैत्र १५ गतेबाट शुरू

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ ।

एसईई परीक्षा आगामी चैत १५ गते सुरु भई चैत २७ गते सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा हुनेछ ।

१६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य विज्ञान र २१ गते सामाजिक अध्ययन विषयको परीक्षा हुने छ ।

यसवर्षको एसईई परीक्षामा चार लाख ८९ हजार विद्यार्थीले परीक्षाका लागि आवदेन दिएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत