राजनीति

सुदूरपश्चिमबाट राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी

धनगढी । सुदूरपश्चिमबाट राष्ट्रिय सभाको निर्वाचनका लागि गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। धनगढीको प्रदेशसभामा भएको निर्वाचनबाट राष्ट्रिय सभाका उम्मेदवारहरू विजयी भएका हुन्।

सत्ता गठबन्धनको तर्फबाट अपाङ्गतामा उम्मेदवार रहेका नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट ४ हजार ४१९ अन्य बाट बलदेव बोहरा ४ हजार ३२८ र महिलामा नेकपा माओवादी केन्द्रका रेणु चन्द ४ हजार ४५३ मत प्राप्त गरी विजयी भएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट अपाङ्गता तर्फबाट कैलालीका रामचन्द्र जोशी १ हजार ५७१, महिलामा कैलालीकै सावित्री घिमिरे १ हजार ५७१ र अन्यबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल १ हजार ६९६ प्राप्त गरेका छन्। 

निर्वाचन समितिले दिएको जानकारी अनुसार कूल १८ हजार १८२ खसेकोमा ९१ मतभार भने बदर भएका छन्। 

गाउँ सहर संवाददाता

तपाईँको मत