पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बुढाथोकीको निधन
- गाउँ सहर संवाददाता
- २३ माघ मंगलबार, २०८० | ०९:५४:०० मा प्रकाशित
काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएको छ । झापा अर्जुनधाराका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको हो ।
८० वर्षको उमेरमा बुढाथोकीको गएराति उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा निधन भएको नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । बुढाथोकीको पार्थिव शरीर झापास्थित निवास शनिश्चरे लगिएको छ । १२ बजेपछि जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने तय भएको छ ।
पूर्वसामान्य प्रशासन मन्त्रीसमेत रहेका उनी निमोनिया, ब्लड प्रेसरमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । पूर्वराजा वीरेन्द्रका ‘क्लासमेट’ समेत रहेका बुढाथोकी कांग्रेसका प्रभावशाली नेता थिए ।
राष्ट्रिय पञ्चायतमा २०३८ सालमा निर्वाचित भएका बुढाथोकी सूर्यबहादुर थापाको जलस्रोत सहायकमन्त्री बनेका थिए । ०४२ सालको सत्याग्रहका पक्षमा बोलेपछि पञ्चायतको कोपभाजनमा परेका बुढाथोकी ०४३ सालको चुनावमा विद्रोही उमेदवार बनेर निर्वाचित भएका थिए ।
उनी ०४८ सालको चुनावमा कांग्रेसबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । ०७० सालमा संविधानसभा सदस्य भएका बुढाथोकी सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए । बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- साताकाे पहिलाे दिन नेप्सेमा २४.५८ अंकको गिरावट
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
- नेपाल आइपुगिन् जापानी विदेशमन्त्री
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले पायाे १७३ रनकाे लक्ष्य
- सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्यु
- टी–२० विश्वकप खेल्ने नेपाली टोलीलाई क्यानको बिदाइ (तस्बिरहरू)
- सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय
- जापान पठाउने भन्दै २१९ जनालाई ठग्ने पक्राउ
- ग्लोबल आइएमई बैंकको प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
प्रतिकृया दिनुहोस