नेपाल आउने पर्यटकलेभन्दा विदेश पढ्न जाने विद्यार्थीले लगे बढि पैसा विदेश
- गाउँ सहर संवाददाता
- २३ माघ मंगलबार, २०८० | १५:१०:०० मा प्रकाशित
काठमाडौं । पर्यटकबाट हुने भ्रमण आयभन्दा वैदेशिक अध्ययनमा जाने नेपालीले लैजाने विदेशी मुद्रा परिमाण बढी देखिएको छ ।
चालु आर्थिक वर्ष (आव) पहिलो ६ महिनामा भ्रमण आय ३९ अर्ब ५६ करोड पुगेको छ । गत आव पहिलो ६ महिनामा २७ अर्ब ४० करोड रहेकोमा ४४.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्षको ६ महिनामै भ्रमण व्यय भने ९२ अर्ब ८७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये शिक्षातर्फ ५८ अर्ब ९५ करोड रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
गत आर्थिक वर्ष पहिलो ६ महिनामा भ्रमण व्यय ५७ अर्ब ८२ करोड रहेकोमा शिक्षातर्फको व्यय ३५ अर्ब ३६ करोड थियो । गत वर्षको तुलनामा भ्रमण आय ४४.४ प्रतिशतले बढ्दा भ्रमण व्यय ६०.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
भ्रमण व्ययमा उच्च वृद्धि हुँदा पनि अन्य सेवा आयातमा बाहिरिने विदेशी मुद्रा घट्दा सेवा घाटा भने बढेको छैन ।
चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा खुद सेवा आय ३६ अर्ब ६ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । गत आव सोही अवधिमा खुद सेवा आय ३६ अर्ब २२ करोडले घाटामा थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मौद्रिक नीतिको त्रैमासिक समीक्षाः कुल गार्हस्थ्य उत्पादन ३.८७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान
- प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चाैथाेपटक विश्वासको मत लिँदै
- सदनमा कांग्रेस र एमाले सांसदबीच कुँम ठाेकाठाेक
- संसदमा झडप (लाइभ)
- यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय
- शेरबजार : नेप्सेमा ४ अर्ब २३ करोडको कारोबार
- गिरीबन्धु टि-स्टेट प्रकरणमा देउवा-ओली आमने सामने
- संसद बैठक चार बजे
- कुनैपनि राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ - डा. शेखर काेइराला
- सफाइ पाएसँगै सन्दीपको निलम्बन फुकुवा, विश्वकप खेल्न पठाउने तयारी
प्रतिकृया दिनुहोस