क्यानडासँगको एक दिवसीय सिरिजको तेस्रो खेलमा बलिङ गर्दै नेपाल
- गाउँ सहर संवाददाता
- २९ माघ सोमबार, २०८० | १०:४७:०० मा प्रकाशित
काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेर बलिङ गर्दैछ ।
टूयु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले आजको खेलमा तीव्र गतिका युवा बलर हेमन्त धामीलाई डेब्यु गराएको छ । नेपालबाट यू-१९ क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका हेमन्तलाई नेपालले अन्तिम खेलमा डेब्यु गराएको हो । सोमपाल कामीको स्थानमा हेमन्तलाई डेब्यु गराइएको हो ।
नेपालले आजको खेलमा आसिफ शेख, सूर्य तामाङ, रिजन ढकाल र सोमपाल कामीलाई विश्राम दिएको छ ।
पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । नेपाल अन्तिम खेलमा विजयीका साथ सिरिजमा क्लिन स्वीप गर्ने लक्ष्यमा छ ।
नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, हेमन्त धामी, ललित नारायण राजवंशी, आकाश चन्द र अनिलकुमार शाह ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
- मौद्रिक नीतिको त्रैमासिक समीक्षाः कुल गार्हस्थ्य उत्पादन ३.८७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान
- प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चाैथाेपटक विश्वासको मत लिँदै
- सदनमा कांग्रेस र एमाले सांसदबीच कुँम ठाेकाठाेक
- संसदमा झडप (लाइभ)
- यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय
- शेरबजार : नेप्सेमा ४ अर्ब २३ करोडको कारोबार
- गिरीबन्धु टि-स्टेट प्रकरणमा देउवा-ओली आमने सामने
- संसद बैठक चार बजे
- कुनैपनि राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ - डा. शेखर काेइराला
प्रतिकृया दिनुहोस