कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी (हेर्नुहोस् सूचना)
- गाउँ सहर संवाददाता
- ११ फाल्गुण शुक्रबार, २०८० | ०८:२२:०० मा प्रकाशित
काठमाडाैं । कृषि विकास बैंकले एक सय १२ जना नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
शनिबार सूचना जारी गर्दै बैंकले शाखा अधिकृत, लेखापाल, प्राविधिकसहित ११२ जना रिक्त कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो।
खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वार पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको बैंकको सूचनामा उल्लेख छ।
बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृत, १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापालको पदपूर्तिको लागि दरखास्त आह्वान गरिएको जनाएको छ।
ती पदका लागि योग्यता पुगेका नेपाली नागरिकले आजदेखि आगामी चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने सूचनामा उल्लेख छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मौद्रिक नीतिको त्रैमासिक समीक्षाः कुल गार्हस्थ्य उत्पादन ३.८७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान
- प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चाैथाेपटक विश्वासको मत लिँदै
- सदनमा कांग्रेस र एमाले सांसदबीच कुँम ठाेकाठाेक
- संसदमा झडप (लाइभ)
- यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय
- शेरबजार : नेप्सेमा ४ अर्ब २३ करोडको कारोबार
- गिरीबन्धु टि-स्टेट प्रकरणमा देउवा-ओली आमने सामने
- संसद बैठक चार बजे
- कुनैपनि राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ - डा. शेखर काेइराला
- सफाइ पाएसँगै सन्दीपको निलम्बन फुकुवा, विश्वकप खेल्न पठाउने तयारी
प्रतिकृया दिनुहोस