माैसम विभागका अनुसार आज देशैभरकाे मौसममा हुनेछ बदली
- गाउँ सहर संवाददाता
- २० फाल्गुण आइतबार, २०८० | ०७:४८:०० मा प्रकाशित
काठमाडौं । आज देशैभर मौसम बदली भएको छ । देशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा भएको छ ।
कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भएको छ ।
आज काठमाडौंमा पनि छिटफुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंका केही ठाउँमा बिहानै सिमसिम पानी परेको छ ।
दिउँसो पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागको थोरै स्थानहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ ।
पश्चिम नेपालका हिमाली र उच्च पहाडी क्षेत्रमा भने शनिबारदेखि नै वर्षा र हिमपात भइरहेको छ ।
सोमबार पनि देशका केही ठाउँमा हल्का वर्षा र हिमपात हुनेछ भने मंगलबार हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
- साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
- नेपाललाई जितका लागि वेस्ट इन्डिज ‘ए’ काे विशाल लक्ष्य
- चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण
- स्वास्थ्य मन्त्रालयले मास्क लगाउन आग्रह गर्नुपर्ने अवस्था किन आयाे ?
- शेयरबजार : नेप्से र काराेबार दुवै बढ्याे
- ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङको १० मिलियन डलर लगानी
- एमालेको कान्छो सांसदकाे रूपमा सुहाङले जित्दा रास्वपाका मिलनकाे जमानत नै जफत
प्रतिकृया दिनुहोस