इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- गाउँ सहर संवाददाता
- ५ चैत सोमबार, २०८० | १७:२७:०० मा प्रकाशित
काठमाडौँ। आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम-१ मा २० वटा दलले निर्वाचन आयोगमा आवेदन दर्ता गराएका छन् ।
निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि फागुन २४ गतेदेखि फागुन ३० गतेसम्मका लागि दर्ताको समय दिएको थियो।
यस्तै निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको जानकारी दिए ।
यस्तै बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचनमा लागि पनि १९ वटा दलले आवेदन दर्ता गराएका छन् ।
हेर्नुहोस् निर्वाचन आयोगको विज्ञप्ति :
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रतिभामा वक्तृत्वकला
- ग्लोबल आइएमई बैंकले बीवाईडी गाडी किन्न कर्जा दिने
- सेयर बजार : नेप्से ४५ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब नाघ्यो
- मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध २४ करोडको मुद्दा
- गृहमन्त्री लामिछानेलाई बोल्न दिने, त्यसपछि सदन चल्न नदिने विपक्षी दल बैठककाे निर्णय
- सुनको भाउ नयाँ रेकर्ड बनाउँदै तोलाको १ लाख ४० हजार ९ सय रुपैयाँ पुग्यो
- बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
- मौद्रिक नीतिको त्रैमासिक समीक्षाः कुल गार्हस्थ्य उत्पादन ३.८७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान
- प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चाैथाेपटक विश्वासको मत लिँदै
- सदनमा कांग्रेस र एमाले सांसदबीच कुँम ठाेकाठाेक
प्रतिकृया दिनुहोस