१० अर्बभन्दा बढीको कर छलीमा मुद्दा
- गाउँ सहर संवाददाता
- १८ चैत आइतबार, २०८० | १८:२२:०० मा प्रकाशित
काठमाडौं । राजस्व अनुसन्धान विभागले पूर्ण विदेशी लगानी भएको कम्पनी कोटिभिटी नेपालविरुद्ध १० अर्ब रुपैयाँभन्दा बढीको कर छली सम्बन्धी मुद्दा दायर गरेको छ ।
अमेरिकी सफ्टवेयर कम्पनी कोटिभिटीले उसको नेपाली कम्पनीलाई अफसोर डेभलपमेन्ट सेन्टर भनेको छ ।
कोटिभिटी नेपालले तीन तरिकाले कर छली गरेको पाइएकको दाबीसहित विभागले आइतबार पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो ।
“कम्पनीले प्रचलित कर कानुनबमोजिम तिर्नु/बुझाउनुपर्ने आयकर ऐन, २०५८ बमोजिमको कर तथा मूल्य अभिवृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्वसमेत दाखिला नगरी राजस्व चुहावट गरेको हो,” विभागले जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।
कसरी गर्यो कर छली?
कम्पनीले पटकपटक स्वामित्व परिवर्तन हुँदा पुँजीगत लाभ कर नतिरेको पाइएको राजस्व अनुसन्धान विभागले बताएको छ ।
भ्याट छुट नपाउने निर्यातमा भ्याट छुट लिएर पनि कम्पनीले कर छली गरेको विभागको भनाइ छ ।
भ्याट फिर्ता नपाउने कारोबारमा पनि कोटिभिटी नेपालले भ्याट फिर्ता लिएको पाइएको विभागले जनाएको छ ।
विभागका अनुसार कम्पनीले भ्याट नै नतिरेको अवस्था भ्याट रिफन्ड लिएको छ ।
कम्पनीविरुद्ध पाँच अर्ब १८ करोड बिगोदाबी र पाँच अर्ब १८ करोड जरिवानासहित १० अर्ब ३६ करोड ४५ लाख २२ हजार ६४२ मागदाबी गरेर अभियोग दायर गरिएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
- साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
- नेपाललाई जितका लागि वेस्ट इन्डिज ‘ए’ काे विशाल लक्ष्य
- चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण
- स्वास्थ्य मन्त्रालयले मास्क लगाउन आग्रह गर्नुपर्ने अवस्था किन आयाे ?
- शेयरबजार : नेप्से र काराेबार दुवै बढ्याे
- ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङको १० मिलियन डलर लगानी
- एमालेको कान्छो सांसदकाे रूपमा सुहाङले जित्दा रास्वपाका मिलनकाे जमानत नै जफत
प्रतिकृया दिनुहोस