गाउँ सहर
डढेलो नियन्त्रणका क्रममा घाइते भएका थप दुई सैनिकको निधन
- गाउँ सहर संवाददाता
- २७ चैत मंगलबार, २०८० | २१:०२:०० मा प्रकाशित
काठमाडौं । डोल्पाको ठुलीभेरी नगरपालिका–४ स्थित तिप्लामस्टा भवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा क्रममा घाइते भएका थप दुई सैनिक जवानको मृत्यु भएको छ ।
उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उनीहरूलाई नेपाली सेनाको हवाई साधनबाट काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।
अहिले घाइतेमध्ये एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि सोमबार डोल्पा जिल्ला अस्पतालमा उपचारका क्रममा एकजना सैनिक जवानको निधन भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- साताकाे पहिलाे दिन नेप्सेमा २४.५८ अंकको गिरावट
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
- नेपाल आइपुगिन् जापानी विदेशमन्त्री
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले पायाे १७३ रनकाे लक्ष्य
- सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्यु
- टी–२० विश्वकप खेल्ने नेपाली टोलीलाई क्यानको बिदाइ (तस्बिरहरू)
- सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय
- जापान पठाउने भन्दै २१९ जनालाई ठग्ने पक्राउ
- ग्लोबल आइएमई बैंकको प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
प्रतिकृया दिनुहोस