गाउँ सहर

बझाङ क्षेत्र नम्बर–१ ‘क’मा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

काठमाडौं । बझाङ क्षेत्र नम्बर–१ ‘क’मा नेकपा (एमाले)का दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका अभिषेक सिंहलाई पराजित गर्दै प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

भण्डारीले ११ हजार ६१३ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार ३४६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । उनीहरूबीचको मतान्तर २६७ छ ।

तेस्रो स्थानमा रहेका नेकपा (माओवादी केन्द्र)का जनक बुढाले तीन हजार ८३१ मत पाएका छन् । नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंह दुई हजार ५१४ मतसहित चौथो स्थानमा रहे ।

उपनिर्वाचनअन्तर्गत गएको शनिबार मतदान भएको थियो । यहाँ ११ उमेदवार चुनावी प्रतिस्पर्धामा थिए । तीमध्ये ६ उमेदवारले ५० मत पनि प्राप्त गर्न सकेनन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत