जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- गाउँ सहर संवाददाता
- २० बैशाख बिहीबार, २०८१ | १३:५४:०० मा प्रकाशित
काठमाडौं । मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जितका लागि २ सय १० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ९ रन बनाएको हो ।
वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले नटआउट रहँदै सर्वाधिक ८४ रन बनाए । उनले ५४ बलमा ९ चौका र ४ छक्का हिर्काए ।
यसअघिको खेलमा शतक बनाएका जोन्सन चार्ल्सले अर्धशतकीय इनिङ्स खेले । उनले मात्र ३० बलमा ५८ रन बनाए । यस क्रममा उनले ३ चौका र ६ छक्का हिर्काए । त्यस्तै, फाबियन एलनले ३३ रनको योगदान दिए ।
नेपालका लागि कुशल भुर्तेलले २ तथा प्रतिश जिसीले १ विकेट लिए । पाँच खेलको शृङ्खलामा वेस्ट इन्डिज २–१ ले अघि रहेको छ । शृङ्खला नगुमाउन नेपालले आज जित्नै पर्ने दबाब छ ।
पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि दोस्रो खेलमा १० रन तथा तेस्रो खेल ७६ रनले गुमाउन पुगेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चाैथाेपटक विश्वासको मत लिदै
- सदनमा कांग्रेस र एमाले सांसदबीच कुँम ठाेकाठाेक
- संसदमा झडप (लाइभ)
- यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय
- शेरबजार : नेप्सेमा ४ अर्ब २३ करोडको कारोबार
- गिरीबन्धु टि-स्टेट प्रकरणमा देउवा-ओली आमने सामने
- संसद बैठक चार बजे
- कुनैपनि राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ - डा. शेखर काेइराला
- सफाइ पाएसँगै सन्दीपको निलम्बन फुकुवा, विश्वकप खेल्न पठाउने तयारी
- सन्दीप लामिछानेकाे जिल्ला अदालतको फैसला उच्चले उल्टायो, पाए सफाइ
प्रतिकृया दिनुहोस