फुट्यो जनता समाजवादी पार्टी , अशोक राई समूह नयाँ पार्टी
- गाउँ सहर संवाददाता
- २३ बैशाख आइतबार, २०८१ | १७:४२:०० मा प्रकाशित
काठमाडौं । जनता समाजवादी पार्टी विभाजित भएको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले नयाँ पार्टी गठनको मागगर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन्, उनीहरुमध्ये ७ सांसद निर्वाचन आयोग पुगेका सांसद प्रदीप यादवले जानकारी दिए ।
अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि सांसदहरू निर्वाचन आयोग पुगेका हुन् । पार्टीको नाम जसपा र चुनाव चिह्न मुठ्ठी राख्ने गरी उनीहरूले निवेदन दिएका छन् ।
पार्टी विभाजनका लागि सरकारका बहालवाला मन्त्री नवलकिशोर साह सुडी समेत निर्वाचन आयोग पुगेका छन् । सप्तरीबाट निर्वाचित सांसद सुडी सरकारका बहालवाला वन तथा वातावरण मन्त्री छन् ।
विद्रोही सांसदहरूमा प्रस्तावित अध्यक्ष राईका अलावा वीरेन्द्र महतो, प्रदीप यादव, नवलकिशोर साह सुडी (हाल वनमन्त्री), सुशीला श्रेष्ठ, हसिना खानुत र रञ्जु ठाकुर छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
- मौद्रिक नीतिको त्रैमासिक समीक्षाः कुल गार्हस्थ्य उत्पादन ३.८७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान
- प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चाैथाेपटक विश्वासको मत लिँदै
- सदनमा कांग्रेस र एमाले सांसदबीच कुँम ठाेकाठाेक
- संसदमा झडप (लाइभ)
- यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय
- शेरबजार : नेप्सेमा ४ अर्ब २३ करोडको कारोबार
- गिरीबन्धु टि-स्टेट प्रकरणमा देउवा-ओली आमने सामने
- संसद बैठक चार बजे
- कुनैपनि राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ - डा. शेखर काेइराला
प्रतिकृया दिनुहोस