वातावरण

पहाडी भूभागमा सामान्य वर्षा

काठमाडाैँ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भएको छ । आज काठमाडौँ उपत्यका पनि सामान्य वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले ती स्थानमा वर्षा भएको हो ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गको अनुमान गरिएको छ । उच्च हिमाली भूभागमा भने हल्का हिमपातको पूर्वानुमान पनि महाशाखाले गरेको छ । भोलि सोमबार दिउँसो कोशी, गण्डकी र कर्णालीलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली भई अन्य स्थानमा भने मौसम सफा रहने अनुमान गरिएको छ । सोमबार राति भने कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली हुने छ ।

त्यस्तै, पर्सि मङ्गलबार देशभर आंशिक बदली हुने महाशाखाले बताएकाे छ । स्थानीय वायुको प्रभावले अहिले छिटपुट वर्षा देखिए पनि यो लामो समयसम्म भने नरहने उसकाे भनाइ छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत