अर्थतन्त्र

शेयरबजार : नेप्सेमा सामान्य अंककाे वृद्धि

काठमाडौं । मंगलबार नेप्से २.०६ अंकले बढेर सूचक १९६०.८१ बिन्दुमा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापक सूचक ०.५१ प्रतिशत, फ्लोट इन्डेक्स ०.०७ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३८ प्रतिशतले बढेको छ । मंगलबार ३१४ कम्पनीका ५० लाख ६४ हजार ३८ कित्ता सेयर ३८ हजार २१४ पटक खरिद बिक्री भएका छन् ।

कारोबार रकम २ अर्ब १४ करोड ५ लाख २ हजार ६२१ रुपैयाँमा समेटिएको छ । जुन अघिल्लो दिनभन्दा ७५ करोड रुपैयाँ कम हो । सोमबार नेप्से १५.६२ अंकले घटेर २ अर्ब ८९ करोड १३ लाख १९ हजार ९८० रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएको १३ उपसमुहगत सूचकमध्ये चार ओटा बढेका छन् भने ९ ओटा घटेका छन् । लघुवित्त सर्वाधिक २.४३ प्रतिशतले बढेको छ भने अन्य ०.७०, विकास बैंक ०.३१ र म्युचुअल फन्ड ०.३० प्रतिशतले बढेको छ । उता आजको बजारमा ब्यापार सर्वाधिक १.०९ र फाइनान्स १.०२ प्रतिशतले घटेको छ । बाँकी पनि राताम्मे बनेका छन् ।

आज दिनभरमा २ अर्ब १४ करोड बढीको सेयर कारोबार भएकोमा पोखरा फाइनान्सको सर्वाधिक ८ करोड ३२ लाख २३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै आरएसडिसी लघुवित्तको ६ करोड ५७ लाख, हिमालयन लघुवित्तको ५ करोड १८ लाख, हिमालयन रि इन्स्योरेन्सको ४ करोड ३० लाख र नेपाल फाइनान्सको ४ करोड २७ लाख रुपैयाँको धितोपत्र कारोबार भएको छ ।  कारोबार कित्ताका आधारमा पोखरा फाइनान्सको १ लाख २९ हजार ९७१ कित्ता किनबेच हुँदा संख्याका आधारमा हिमालयन रि इन्स्योरेन्सको १ हजार ५२७ पटक किनबेच भएको हो ।

आज हिमालयन लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर ८५६ हजार ७० रुपैयाँ पुगेको छ । यस्तै इन्फिनिटी लघुवित्तको ८.४७ प्रतिशतले बढेर १२८० रुपैयाँ र समता घरेलु लघुवित्तको ७.४६ प्रतिशतले बढेर ८७९ रुपैयाँ पुगेको छ । सबैको लघुवित्तको सेयर ७.०४ प्रतिशतले बढेर ८५५ रुपैयाँ पुग्दा एनआईसी एशिया ग्रोथ फन्ड–२ को ६.८७ प्रतिशतले बढेर ८ रुपैयाँ ९ पैसा पुगेको छ ।

मंगलबारको कारोबारपछि कुल बजार पुँजीकरण ३१ खर्ब ९ अर्ब ११ करोड ५८ लाख ८८ हजार रुपैयाँमा पुगेको छ । सोमबारको कुल बजार पुँजीकरण ३१ खर्ब ५ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत