कला
आमा
- रामबाबु सुवेदी
- २६ बैशाख बुधबार, २०८१ | ०५:००:०० मा प्रकाशित
जन्म दिइ हुर्काउने ए मेरो आमा
क, ख, ग सिकाउने पहिलो गुरु आमा
साथी जस्तै बनि दिने असल साथी आमा
दु:ख पर्दा हौसला दिने ममतामयी आमा
मेरो प्रगतिमा रमाउने प्रसंशक आमा
कुलतबाट जोगाउने असल शासक आमा
विविध अवस्था मिलाउने ब्यवस्थापक आमा
सन्तानलाई निस्वार्थ माया गर्ने आमा
दुई अक्षरको शब्दमा सजिएकी आमा
ब्रह्माण्ड नै अटाउने विशाल ज्ञानी आमा
रंगिन बगैँचाकी मालिक मनको रानी आमा
अनमोल रत्न जीवनको प्रेरणाको खानी आमा
प्रतिकृया दिनुहोस