सुनकोशी-मरिण डाइभर्सन सुरुङ छिचोलियो
- गाउँ सहर संवाददाता
- २६ बैशाख बुधबार, २०८१ | १२:१८:०० मा प्रकाशित
खुर्कोट, सिन्धुली । सुनकोशी-मरिण डाइभर्सन सुरुङ बुधबार छिचोलिएको (ब्रेक थ्रु गरिएको) छ । सिन्धुलीस्थित सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको डाइर्भसन सुरुङको खन्न बाँकी केही सेन्टिमिटर दुरी खनेसँगै सुरुङ छिचोलिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सुरुङ छिचोल्ने काम भएको हो । उनले स्विच थिचेर सुरुङ छिचोलिएको घोषणा गरेका थिए । सुरुङ ब्रेक थ्रुको लागि दाहाल मंगलबार साँझ नै मुल्कोटमा आएर बसेका थिए ।
नेपाली सेनाको हेलिकोप्टर चढेर आएका दाहालले बुधबार बिहान आयोजनाका बारेमा जानकारी लिएका थिए । यस्तै सिन्धुली र रामेछापमा अगुवा कार्यकर्ता भेट गरेका थिए ।
मुल्कोटस्थित क्वालिटी बिच रिसोर्टमा बसेका दाहालले मंगलबार साँझै नजिकै रहेको सुनकोशी गाउँपालिकाको कार्यालय पुगेर जनप्रतिनिधिहरुसँग भेटेका थिए । भेटमा उनले स्थानीयको समस्याहरुका बारेमा जानकारी लिएका थिए ।
मरिण डाइभर्सन राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले बजेट अभाव हुन नदिने विश्वास दिलाउँदै प्रधानमन्त्री दाहालले आयोजनाको निर्माणकार्यका निम्ति सरकारको तर्फबाट सम्पूर्ण रूपले सहजीकरण गर्ने जानकारी गराए ।
राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सनअन्तर्गत सुरुङको काम कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुंग्रीसम्म हो । सुरुङ निर्माणको अवधि दुई वर्षको भएपनि १९ महिनामै सम्पन्न भएको हो । सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेशिन (टीबीएम) प्रयोग गरिएको छ । सुनकोशी मरिणको सुरुङ छिचोलिए पनि अरू काम पूरा गर्न थप एक वर्ष लाग्ने आयोजना प्रमुख बरालले जानकारी दिए ।
सुनकोशी नदीको पानी मरिण खोलामा झारेर ३१ मेगावाटभन्दा बढी क्षमताको बिजुली उत्पादन गर्ने र धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षौभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ । सुरुङ खन्ने काम चाँडै भए पनि बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकेका छैनन् ।
२०८४ सालको असोजमा आयोजना पूर्णरूपमा सम्पन्न गर्ने लक्ष्य छ । ०७७ फागुन २० मा कमलामाई–२ को कसुमटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेर आयोजना निर्माणको थालनी भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रवि लामिछाने भित्र बाेले, गगनले बाहिर प्रमाण खाेले
- डिष्ट्रिक्ट ३२५ जे को क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न
- प्रतिभामा वक्तृत्वकला
- ग्लोबल आइएमई बैंकले बीवाईडी गाडी किन्न कर्जा दिने
- सेयर बजार : नेप्से ४५ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब नाघ्यो
- मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध २४ करोडको मुद्दा
- गृहमन्त्री लामिछानेलाई बोल्न दिने, त्यसपछि सदन चल्न नदिने विपक्षी दल बैठककाे निर्णय
- सुनको भाउ नयाँ रेकर्ड बनाउँदै तोलाको १ लाख ४० हजार ९ सय रुपैयाँ पुग्यो
- बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
- मौद्रिक नीतिको त्रैमासिक समीक्षाः कुल गार्हस्थ्य उत्पादन ३.८७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान
प्रतिकृया दिनुहोस