रेडक्रस दिवसका अवसरमा लिटल फ्लावरमा विविध कार्यक्रम
- गाउँ सहर संवाददाता
- २६ बैशाख बुधबार, २०८१ | २१:२८:०० मा प्रकाशित
लेखनाथ । पोखरा २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा विश्व रेडक्रस दिवस मे ८ का अवसरमा विविध कार्यक्रमहरु सम्पन्न भएका छन् ।
कार्यक्रम अन्तर्गत विद्यालयमा शैक्षिक सत्र २०८१ मा नयाँ भर्ना भएका विभिन्न कक्षाका विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । यसै गरी तहगत रुपमा माता तीर्थ औंसी विशेष कार्यक्रम सम्पन्न भएका थिए भने सदन विभाजन समेत गरिएका थिए ।
विद्यार्थीहरुको भेलाले बुधवार नै रेडक्रस सर्कल पुनर्गठन गरेको छ । पुनर्गठित सर्कलको अध्यक्षमा सुदिक्षा पौडेल चयन भएकी छन् । सर्कलको उपाध्यक्षमा स्मृति वि.क., सचिवमा रिमिशा भण्डारी, सह सचिवमा सखी तामाङ, कोषाध्यक्ष अस्मिता गुरुङ रहेका छन् । यस्तै सदस्यहरुमा रोहित सुनार, रोहित गुरुङ, समृद्धि ठकुरी, ज्याक्सिना क्षत्री, साइमन वि.क., प्रतीक परियार, अर्नव भण्डारी दीक्षा सापकोटा, जस्मिन शाह, युनिका पुरी र राजिव वि.क. रहेका छन् । विद्यालयका प्रिन्सिपल विकल पौडेल संरक्षक तथा शिक्षक रामभक्त खनाल शिक्षक नायक र लक्ष्मी घिमिरे शिक्षक सह नायकमा चयन भएका छन् ।
कार्यक्रममा रेडक्रस मानवीय उद्धार र सहयोगको क्षेत्रमा अग्रणी संस्था भएकाले निस्वार्थ भावनाले काम गर्न आग्रह गर्दै कक्षा ११, १२ संयोजक विष्णुहरि पौडेलले रेडक्रसको स्थापनाको पृष्ठभूमि तथा सिद्धान्तहरुका बारेमा स्पष्ट पारेका थिए । पौडेलले पुनर्गठित सर्कलका पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए । प्रिन्सिपल बिकल पौडेल, विद्यालय इञ्चार्ज रामप्रसाद अधिकारी लगायतले शुभकामना दिएका थिए । कक्षा ८ की अर्माली पौडेलले रेडक्रसका बारेमा कविता बाचन गरेकी थिइन् । कार्यक्रमको सञ्चालन अतिरिक्त कृयाकलाप प्रमुख विचित्र न्यौपानेले गरेका थिए । विद्यालयमा हाल छ सय ५० विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रवि लामिछाने भित्र बाेले, गगनले बाहिर प्रमाण खाेले
- डिष्ट्रिक्ट ३२५ जे को क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न
- प्रतिभामा वक्तृत्वकला
- ग्लोबल आइएमई बैंकले बीवाईडी गाडी किन्न कर्जा दिने
- सेयर बजार : नेप्से ४५ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब नाघ्यो
- मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध २४ करोडको मुद्दा
- गृहमन्त्री लामिछानेलाई बोल्न दिने, त्यसपछि सदन चल्न नदिने विपक्षी दल बैठककाे निर्णय
- सुनको भाउ नयाँ रेकर्ड बनाउँदै तोलाको १ लाख ४० हजार ९ सय रुपैयाँ पुग्यो
- बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
- मौद्रिक नीतिको त्रैमासिक समीक्षाः कुल गार्हस्थ्य उत्पादन ३.८७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान
प्रतिकृया दिनुहोस