“सरकार आफैँ निहुँ खोज्न, वातावरण बिर्गान आएको हो” : गगन थापा
- गाउँ सहर संवाददाता
- २८ बैशाख शुक्रबार, २०८१ | १६:३५:०० मा प्रकाशित
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् ।
आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरूले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरेका हुन् ।
त्यसअघि समय लिएर बोलेका कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदीय समिति गठन नगर्दासम्म संसद्को कामकारबाही अगाडि नबढ्ने बताएका थिए । संसद्मा प्रश्नहरूको घाँटी निमोठ्ने तयारी गरेको भन्दै उनले चेतावनीपूर्ण भाषामा भने, ‘जे गर्न सोच राखिएको छ, यसको मूल्य सबैले चुकाउनुपर्छ ।’
महामन्त्री थापाले संसदीय छानबिन समिति बनाउ भनेर विगतमा कांग्रेस लचक बन्दा समेत सरकार अटेर गरेर बसेको भन्दै सदन चल्न नदिने घोषणा गरेका हुन् । “सरकार आफैँ निहुँ खोज्न आएको हो । वातावरण बिर्गान आएको हो,” उनले भने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से २०९२ अंकमा
- नेप्से २०९२ अंकमा
- मेयर बालेनकाे खबरदारी : गिरीबन्धु जग्गा सट्टाभर्नामा खर्बाैँ रकमकाे खेलोफड्काे हुनसक्छ
- नेपाल चीन सम्बन्ध विश्व भूराजनीति, बहुध्रुवीय शक्ति सन्तुलन ध्यानमा राखेर व्याख्या र विश्लेषण गर्नु मनासिव हुने
- युरोप भ्रमणमा रहेकी चित्रकार यादवको फिनल्याण्डमा पनि मिथिला कला प्रदर्शनी
- कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले पाए चौथोपटक विश्वासको मत
- कांग्रेससहित विपक्षी दलहरुको नाराबाजीपछि संसद बैठक स्थगित
- कांग्रेससहित विपक्षी दलहरुको नाराबाजीपछि संसद बैठक स्थगित
- रवि लामिछाने भित्र बाेले, गगनले बाहिर प्रमाण खाेले
- डिष्ट्रिक्ट ३२५ जे को क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न
प्रतिकृया दिनुहोस