गाउँ सहर

दीपशिखा पुस्तकालयमा विद्यार्थीसँग न्यायिक समिति विषयक कानुनी प्रशिक्षण

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक  पुस्तकालयले विद्यार्थीसँग न्यायिक समिति विषयक कानुनी प्रशिक्षण सम्पन्न गरेको छ ।

कार्यक्रममा पोखरामहानगरपालिका न्यायिक समितिका संयोजक  एवम उपमेयर मञ्जुदेवी गुरुङ्गले विद्यार्थीहरु कानुनका कुरामा  सचेत हुनुपर्ने बताउँदै विशेष गरी छात्राहरु न्यायिक कुरामा अझै बढी सचेत हुनु पर्नेमा जोड दिईन् ।

पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवम कार्यपालिका सदस्य निर्मला पौडेलले महानगरका विद्यालय र क्याम्पसहरूमा न्यायिक समितिबारे जानकारी गराउने उद्देश्यले प्रशिक्षण गरिएको बताइन् ।

जनप्रतिनिधि वडा नं २९ का वडा सदस्य न्यायिक समितिका समेत सदस्य कालिदास पोखरेलले पोखरा महानगरपालिकाको न्यायिक समितिको संवैधानिक व्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रबारे विद्यार्थीलाई जानकारी गराउन यस्ता कार्यक्रम सहयोगी बन्ने धारणा राखे ।  जनप्रकाश माविका अध्यक्ष बाबुराम सुवेदीले महानगर न्यायिक समितिको सहयोगमा छात्रछात्राहरूलाई सचेतना जगाउन र स्थानीय विवाद समाधान गर्न प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।

पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन दीपशिखा सामुदायिक पुस्तकालयका कार्यालय प्रमुख धनु पहारीले  गरेकी थिइन् । कार्यक्रममा एक सय बढी विद्यार्थीसँग अन्तरकृया भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत