संविधान संशोधनजस्तो संवेदनशील विषयमा खेलाँची नगर्न प्रधानमन्त्री प्रचण्डकाे चेतावनी
- गाउँ सहर संवाददाता
- २८ असार शुक्रबार, २०८१ | १३:१८:०० मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो संवेदनशील विषयमा खेलाँची नगर्न कांग्रेस–एमालेलाई चेतावनी दिएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलाँची नगर्न चेतावनी दिएका हुन्।
अझै पनि राष्ट्रियसभामा माओवादी सबैभन्दा ठूलो दल रहेको भन्दै उनले आफूलाई किनारा लगाएर संविधान संशोधन हुन्छ? भन्दै प्रश्नसमेत गरे।
‘साथीहरुलाई मेरो विनम्र प्रश्न छ, संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलाँची नगर्नुहोला। तपाईंहरुकै जस्तो तरिकाले पाउँछ जनताको स्वीकार्यता?,’ उनले भने, ‘राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र हो। त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन?’
कांग्रेस–एमाले स्थिरताका नाममा २०४७ सालको संविधानतिरै फर्कन खोजेको आरोप लगाए। उनले भने,’कताकता तपाईंहरुले स्थिरताका नाममा समावेशी प्रतिनिधित्व, समानुपातिक प्रतिनिधित्व समाप्त पार्न खोज्नुभएको षड्यन्त्रको गन्ध आएको छ। तपाईंहरुको इच्छा ०४७ सालतिरै, त्यसैको वरिपरि फर्कने होला भन्ने लाग्छ मलाई।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस