पाँचौँ पटकमा प्रधानमन्त्री प्रचण्डमाथि अविश्वास, ६३ मत मात्रै प्राप्त गरे
- गाउँ सहर संवाददाता
- २८ असार शुक्रबार, २०८१ | १७:१४:०० मा प्रकाशित
काठमाडाैं । पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वास गुमाएका छन्।
शुक्रबार (असार २८) मा प्रचण्डले विश्वास गुमाएसँगै गठन भएको १८ महिनापछि उनी नेतृत्वको सरकार पनि ढलेको छ। प्रचण्डले शुक्रबार (असार २८) संविधानको धारा १०० को उपधारा (२) बमोजिम पाँचौपटक विश्वासको मत मागेका थिए।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको पक्षमा ६३ मत मात्रै प्राप्त गरे भने विपक्षमा १९४ सांसदले मतदान गरे। विश्वासको मत प्रक्रियामा २५८ सांसद सरिक भएका थिए।
एक जनाले भने पक्ष/विपक्षमा मतदान नगरेको सभामुख देवराज घिमिरेले जानकारी दिए।
गत असार १७ गते मध्यराति नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता सहकार्यको सहमति भएको थियो। सो समझदारीपछि असार १९ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरू फिर्ता बोलाएको थियो।
एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले संविधानअनुसार ३० दिनभित्र विश्वास लिनुपर्ने संवैधानिक बाध्यता थियो। कांग्रेस र एमालेले राजीनामा मागे पनि उनले संसदको सामना गर्ने बताएका थिए।
यसअघि ०७९ पुस १० गते प्रचण्ड पहिलोपटक नेकपा एमालेसहितको समर्थनमा प्रधानमन्त्री बनेका थिए। उनले पहिलोपटक ०७९ पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका थिए।
त्यतिबेला उपस्थित २ सय ७० सांसदमध्ये प्रचण्डले २ सय ६८ मत प्राप्त गरेका थिए।
त्यसपछि २०७९ फागुन दोस्रो साता प्रधानमन्त्री प्रचण्डले सत्ता सहयात्रीहरू परिवर्तन गरे। सत्ता सहयात्री दलहरू फेरबदल भएपछि प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक ०७९ चैत ६ गते विश्वासको मत लिएका थिए।
त्यतिबेला उनले १ सय ७२ सांसदको समर्थन पाएका थिए। जतिबेला संसद्मा २ सय ६२ सांसद उपस्थित थिए।
त्यसपछि उनले फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिए। त्यतिबेला प्रधानमन्त्री प्रचण्डले १ सय ५७ सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका थिए।
चौथोपटक प्रधानमन्त्री प्रचण्डले २०८१ चैत ७ गते चौथोपटक विश्वासको मत लिए। त्यतिबेला उपस्थित सांसदमध्ये १ सय ५८ जना सांसद मतदान प्रक्रियामा सरिक भए। जसमध्ये प्रधानमन्त्री प्रचण्डको पक्षमा १ सय ५७ मत परेको थियो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हर्षोल्लासका साथ विजया दशमी मनाइँदै, बिहान ११:३६ बजेको साइत उत्तम
- राष्ट्रपति पौडेलले दिउँसो साढे ३ बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने
- आज टीकाको दिन मौसम पूर्वानुमान यस्ताे छ
- दशैँ टीकाकाे उत्तम साइत ११ बजेर ३६ मिनेटमा, टीका लगाई माग्ने व्यक्ति पूर्व फर्किएर बस्नुपर्ने
- बिहीबारसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिए
- बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको बिपी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा
- दशैँमा मासु कसरी खाने ? यी सावधानी अपनाऔँ
- यस्ताे छ शुक्रबारकाे माैसम, एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा
- महानवमीः वर्षमा एकपटक मात्रै खोलिने तलेजु भवानी मन्दिर पनि खुला
- आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै
प्रतिकृया दिनुहोस