गाउँ सहर
सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनी,ग्राहक र कर्मचारीले होटल भ्यू प्वइन्टमा छुट पाउने
- गाउँ सहर संवाददाता
- १८ भदौ मंगलबार, २०८१ | १६:५५:०० मा प्रकाशित
काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नगरकोट भक्तपुरमा स्थित होटल भ्यू प्वइन्टबीच बैंकका ग्राहक, सेयरधनी र कर्मचारीहरुलाई होटलसँग सम्बन्धित सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका काठमाण्डौ क्लष्टर प्रमुख सुप्रिया श्रेष्ठ र होटलको तर्फबाट होटलका प्रबन्धक निर्देशक दिनेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी होटल भ्यू प्वइन्टको सेवामा २० प्रतिशत तथा बैंकका सेयरधनी र कर्मचारीहरुले २५ प्रतिशत कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा भयाे उपसभामुख हटाउने विषयले चर्काचर्की (लाइभ)
- क्यानडामा ‘लिग टु’ खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ
- नेपाल विश्वविद्यालय विधेयक संघीय संसदबाट पारित
- प्रविन्स माेक्तानकाे ‘जाउँ हिँड रामेछाप’ गीत सार्वजनिक [भिडियोसहित]
- सांसदहरूबीच चेक अनादरमा २ वर्षसम्म कैद सजायको सहमति
- दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियान घोषणा : ६० प्रतिशतसम्म छुट
- नेप्सेमा निरन्तर गिरावट, सूचकसँगै कारोबार रकम पनि घट्न थाल्याे
- नेपाल टेलिकमका सेवाग्राहीले पनि अब सहजै टिकटक चलाउन सक्ने
- प्रिमियम जर्मन वाच ब्राण्ड नोमोस आधिकारीक रुपमा भित्रियो
- 'आफै धामी, आफै झाँक्री' भन्दै संघीय सरकारप्रति रूष्ट बालेन
प्रतिकृया दिनुहोस