गाउँ सहर

अरनिको राजमार्गमा दुई दिन टिपर र मालबाहक सञ्चालन गर्न नपाइने

  • १९ भदौ बुधबार, २०८१ | १८:४३:०० मा प्रकाशित

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा दुई दिन टिपर र मालबाहक सवारीसाधन सञ्चालन गर्न नपाइने भएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरले २० र २१ भदौमा टिपर र मालबाहक गाडी सञ्चालनमा रोक लगाएर सडक मर्मत गर्न लागेको हो ।

निमार्ण व्यवसायीको लापरबाहीका कारण बर्खाको समयमा सडक जीर्ण भएर काठमाडौंबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीन जोड्ने तातोपानी नाका जाने प्रमुख सडक जोखिमपूर्ण छ । जसका कारण  यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

निर्माणाधिन धुलिखेल-खावा सडकखण्ड अत्यन्तै जीर्ण भएकोले सडक निर्माणमा सहयोग गर्न सबैसँग सडक डिभिजन कार्यालय भक्तपुरले अनुरोध समेत गरेको छ ।

निर्माण सामग्रीको ढुवानी गर्ने टिपरका साथै चीनको खासा हुँदै नेपाल भित्रिने वस्तुको ढुवानी गर्ने कन्टेनर उक्त सडकमा उच्च चाप हुने गरेको छ ।

तपाईँको मत