नेपाल विश्वविद्यालय विधेयक संघीय संसदबाट पारित
- गाउँ सहर संवाददाता
- २४ भदौ सोमबार, २०८१ | १८:११:०० मा प्रकाशित
काठमाडौं । नेपाल विश्वविद्यालय विधेयक संघीय संसदको दुवै सदनबाट पारित भएको छ ।
यो विधेयक तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले २० मंसिर २०७९ मा राष्ट्रिय सभामा दर्ता गरेका थिए । राष्ट्रिय सभाले १८ असार २०८० मा पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो ।
राष्ट्रिय सभाबाट पारित भएर आएका यो विधेयक सोमबार प्रतिनिधि सभाले पनि पारित गरेको हो ।
सोमबार प्रतिनिधि सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । जसलाई सभाले बहुमतले पारित गरेको हो ।
अब यो विधेयक पारित भएको सन्देश राष्ट्रिय सभामा जान्छ । प्रतिनिधि सभाबाट विधेयक पारित भएको सन्देश राष्ट्रिय सभामा सुनाइन्छ ।
त्यसपछि राष्ट्रिय सभाका अध्यक्षले प्रमाणित गरेर राष्ट्रपतिकहाँ पठाउँछन् । राष्ट्रिपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा कार्यान्वयनमा आउनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस