क्यानडामा ‘लिग टु’ खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ
- गाउँ सहर संवाददाता
- २५ भदौ मंगलबार, २०८१ | ११:४६:०० मा प्रकाशित

काठमाडौं । आईसीसी विश्व क्रिकेट ‘लिग टु’ अन्तर्गत क्यानडामा हुने प्रतियोगितामा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । मंगलबार आयोजित एक विशेष समारोहका बिच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्कालगायतले बिदाइ गरेका हुन् । बिदाइ समारोहमा क्रिकेटर सन्दीप लामिछानेसहितका खेलाडीहरूको सहभागिता रहेको थियो ।
क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको थियो ।
जसमा देव खनाललाई रिजर्भमा समावेश गरिएको छ । टोलीमा विकेटकिपर अर्जुन साउद र तीव्र गतिका बलर रिजन ढकाल पनि १६ मा अटाएका छन् ।
नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ । नेपालले सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ । ‘लिग टु’पछि नेपाल, ओमान र क्यानडाबिच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुने छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
प्रतिकृया दिनुहोस