हिसान कास्कीकाे १७औं स्पोर्टस् मीट सुरू, अरुणा शाही सम्मानित
- गाउँ सहर संवाददाता
- ११ मङ्सिर मंगलबार, २०८१ | १९:०१:०० मा प्रकाशित
पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १७औं हिसान कास्की स्पोर्टस मिट २०८१ औपचारिक रुपमा मंगलबारबाट सुरू भएको छ ।
१७ औं हिसान कास्की स्पोर्टस मिट २०८१को एक भब्य कार्यक्रमका बिच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरे। सो अवसरमा बोल्दै प्रदेश प्रमुख भट्टले स्वस्थ शरीरमा स्वस्थ मन हुने बताउँदै स्वस्थ तनमनले नै ज्ञान लिन सक्ने बताए । खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको बताए ।
खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र समृद्धिको आधारशीला तयार पार्ने हुँदा राज्यले खेलकुद विकासका लागि ठोस नीति र दृष्टिकोण बनाएर अगाडि बढिरहेको जनाउँदै उनले बालबालिकाको शिक्षा, स्वास्थ्य एवं खेल भविष्यका लागि सानैबाट पहलकदमी लिई जस्ता संस्थाले गरेको गतिविधि प्रशंसायोग्य रहेको बताए । यसै बिच प्रदेश प्रमुख भट्टले नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई हिसान कास्कीको तर्फबाट नगद २५ हजार ५ सय ५५ का साथमा सम्मान पत्रले सम्मान गरे । प्रदेश प्रमुख भट्टले कप्तान अरुणालाई उनको खेलको योगदानको कदर गर्दै आफ्नोतर्फबाट समेत् नगद ५ हजार प्रदान गरेका थिए ।
हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हिसानका केन्द्रिय अध्यक्ष रमेश कुमार सिलवालले खेलकुदले सबैलाई एकतावद्ध बनाउन सहयोग पुग्ने बताउँदै राज्यले खेलकुदमा लगानी बढाउने तर्फ ध्यान नदिएको जिकिर गरे ।
सो अवसरमा हिसान कास्कीका निवर्तमान अध्यक्ष एवं १७ औं हिसान स्पोर्टस मिटका संयोजक याम बहादुर रोक्काले स्पोर्टस मिटले महोत्सवको रुपमा अघि बढेको उल्लेख गरे ।
हिसान कास्कीद्वारा सम्मानित राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले हिसान कास्की प्रति आभार व्यक्त गर्दै यूवा खेलाडीहरुले शिक्षा संगै खेलकुदमा लागन आग्रह गरिन् । उनले सक्षम खेलाडी उत्पादनका लागि हिसान स्पोर्टस मिट जस्ता कार्यक्रमहरु सहयोगी हुने बताउँदै मेहनतले सफलता प्राप्त गर्न सकिने बताइन् ।
बास्केटबल
हिसान स्पोर्टस मिट अन्तर्गत जारी प्लस टु छात्र बास्केटबल प्रतियोगिताको दोस्रो दिन सम्पन्न खेलमा डायनामिक माविले न्यू लाइटलाई २६—१२ ले, भाष्कर माविले शिशु निकेतनलाई ३२—१२ले, त्रिवेणीले लिटिल स्टेपलाई ४८—३४ ले, प्रतिभा माविले हिलपोइन्टलाई ४७—१३ ले, मनकामनाले फेवा माविलाई ७०—०३ ले र कास्की मोर्डनाइज्डले स्टेप वाई स्टेपलाई ३५—१६ ले पराजित गरेको बास्केटबल खेलका संयोजक खिम बहादुर गुरुङले जानकारी दिए ।
मंगलबार सम्पन्न खेलमा फिसटेल माविले सगरमाथालाई १८—३ ले, के.एम.एले गुरूकुललाई ३१—८ ले, त्रिवेणीले जेसिएलाई ०८—०३ले, मदरल्याण्डले न्यू ग्यालेक्सीलाई २१—१४ ले, प्रतिभाले फिसटेललाई ११—०७ ले, कास्की मोर्डनाइज्डले माउन्ट अन्नपूर्णलाई ३३—११ ले र ग्लोबलले त्रिवेणीलाई १४—०५ ले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरे
पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा प्लस टु छात्र—छात्रातर्फ १४ खेल सम्पन्न भएका छन् । छात्रतर्फको खेलमा माउन्ट अन्नपूर्ण, न्यू ग्यालेक्सी, सिर्जना, गुरुकुल, प्रतिभा मावि, जुनियर सिटिजन्स एकेडेमी, कास्की मोर्डनाइज्ड, हिल पोइन्ट, सोसल पब्लिक र स्पाइरल ग्यालेक्सीले पहिलो चरणको खेल जितेका छन् ।
यसै गरी छात्रातर्फ सम्पन्न चार खेलमा प्रतिभाले पोखरा युनाइटेडलाई २५—८, २५—१४ ले, त्रिवेणीले मदर ल्याण्डलाई २५—१०, २५—१०, टप्सले बालोदयलाई २५—११, २५—११ ले आ-आफ्नो पहिलो चरणका खेल जितेका छन् ।
यसै गरी १७ औं हिसान स्पोर्टस मिट अन्तर्गत नै प्लस टु छात्र—छात्रा टेबुल टेनिस र ब्याडमिन्टनका प्रतिष्पर्धाहरु समेत् सुरु भएका छन् ।
१७ औं संस्करणको हिसान स्पोर्टस मिट यहि मंसिर १४ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ । स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११—१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा—छुट्टै इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस टु तर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १५ मध्ये कुल ६१ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका छन् । प्रतियोगितामा ४ हजार भन्दा वढि विद्यार्थीहरुको सहभागिता हुने तथा २५ हजार भन्दा बढि विद्यार्थी अभिभावकले अवलोकन गर्ने हिसान कास्कीले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिव २५ लाख खर्च हुने तथा प्रतियोगितामा विजेता विद्यालयहरुलाई रनिङ्ग शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
निजी शिक्षालयहरूको साझा संगठनका रुपमा रहेको हिसान अन्तर्गत कास्कीमा ४० हजार भन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा संगठित ६५ भन्दा बढी प्लस टु विद्यालय र १५ वटा कलेजहरु आबद्ध रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- काठमाडाैं गुर्खाजसँगकाे हारसँगै एनपिएल लिगबाट बाहिरियो लुम्बिनी लायन्स
- शेयरबजार : ४५ अंकले बढ्याे नेप्से, ५ अर्बकाे काराेबार
- स्रोत नखुलेको ४७ लाख रकमसहित एक महिला पक्राउ
- प्रमुख सूचना आयुक्त र आयुक्तहरूले लिए शपथ
- चार महिनामा १ अर्ब ९० करोड रुपैयाँको अलैंची निर्यात
- एनपिएल : सुदूरपश्चिमले जनकपुरलाई हरायाे
- चितवन र काठमाडौं दिउँसाे खेल्दै, अहिले जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम
- म्याग्दीको कृषि सडक कालोपत्र गर्ने तयारी
- पाेखरामा १४औं एन प्याव्सन खेलकुद महोत्सव
- शेयरबजार : नेप्से निरन्तर घट्ने क्रम जारी
प्रतिकृया दिनुहोस