काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- गाउँ सहर संवाददाता
- २९ बैशाख सोमबार, २०८२ | ०५:३४:०० मा प्रकाशित

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङज्यूले बौद्ध दर्शनका प्रवर्तक एवम् विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६९ औँ बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको पावन अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना व्यक्त गर्दै उनले भनेका छन् –“बैशाख शुक्लपक्षको पुर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि–संयोग अर्थात जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मवलम्बीहरूद्वारा गौतम बुद्धप्रति श्रद्धा एवम् भक्तिभाव व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ । त्यसैगरि वसन्त ऋतुको आगमनसँगै प्राकृतिक ऋतुचक्रसँग तादाम्यता कायम गरी मनाइने किरात चाड विशेषगरी राई, लिम्बु, याक्खा, सुनुवार जातिहरूले विभिन्न नामबाट मानउने गर्दछन। यस प्रकारको साँस्कृतिक पर्वले देशको साँस्कृतिक विविधतालाई कायम राख्दै नेपाली समाजको एकतालाई थप बलियो बनाउने विश्वास लिएको छु ।”

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडिओ)
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
प्रतिकृया दिनुहोस