गाउँ सहर

विवाहमा छोराबुहारीलाई बीमालेख उपहार

परासी । आजभोली शुभ अवसरमा बिमा पोलिसी प्रदान गरी बचत तथा सुरक्षा लिने प्रचलन बढेको छ । यसै क्रममा सुनवल नगरपालिका वडा नं. ५, हर्दिया, नवलपरासी निवासी सुरज बहादुर खड्का क्षेत्री एवम् उनकी पत्नी तुलसी कुमारी खत्रीले आफ्नो छोरा बुहारी बिमल खड्का र संगिता रायमाझीलाई शुभ विवाहको दिनमा सिटिजन शुभारम्भ बीमा योजना १५-१५ लाखको विमालेख छोरा बुहारीको नाममा खरिद गरि आफ्ना छोरा बुहारीलाई उपहार स्वरुप प्रदान गरेका छन् ।

विवाहको कार्यक्रममा परासी शाखाका शाखा प्रवन्धक दिपक क्षेत्री थापाले बीमाको महत्त्व र आवश्यकताको जानकारी गराउदै सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी तथा बीमाको फाइदा बारेमा जानकारी गराउँदै आफ्नो छोराबुहारीलाई उपहार स्वरुप बीमालेख खरिद गरि उपहार प्रदान गरेकोमा बुबा आमा तथा सपरिवारलाई बधाई सँगसँगै धन्यवाद दिए ।

साथै सिनियर एजेन्सी म्यानेजर कमला थापा, एजेन्सी म्यानेजर विमला अधिकारी आचार्यले नयाँ जोडिलाई सुखद दाम्पत्य जीवनको शुभकामना प्रदान गरे ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत