गाउँ सहर

वडाध्यक्ष गुरुङको परिवारबाट विद्यालयमा २ लाख रुपैयाँको अक्षयकोष

  • २ जेठ शुक्रबार, २०८२ | २०:५३:०० मा प्रकाशित

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङको परिवारले आफ्ना स्वर्गीय बुबा र दाजुको स्मृतिमा शुक्रवार विद्यालयमा २ लाख रुपैयाँको अक्षयकोष  अक्षयकोष स्थापना गरेका छन् ।

वडाध्यक्ष  गुरुङकी आमा विवीकुमारी गुरुङ, दाजु क्याप्टेन इन्द्रबहादुर गुरुङ सहितको उपस्थितिमा स्व. बुबा अमरबहादुर गुरुङ र दाजु स्व. धनबहादुर गुरुङको स्मृतिमा  २ लाख रुपैयाँको अक्षयकोष पोखरा माहानगर पालिका वडा नं २७ को वीर आधारभूत विद्यालयमा  स्थापना गरेका हुन् ।

गरिव तथा जेहेन्दार विद्यार्थीको शैक्षिक बिकासमा सहयोग पुग्ने सोचका साथ गुरुङको परिवारले उक्त रकमको चेक प्रधानाध्यापक विन्दु सुवेदीलाई हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष  गुरुङले बुबा र दाजुको सम्झनामा विद्यालयका विद्यार्थीहरूको शैक्षिक विकासमा सहयोग पुगोस् भन्ने हेतुले सहयोग गरेको बताए   ।

सोही अवसरमा विद्यालयका सल्लाहकार समेत रहेका समाजसेवी सुवेदारमेजर जगबहादुर गुरुङले विद्यालयलाई नगद पचास हजार रुपैया सहयोग गरे ।

यस्तै अर्का समाजसेवी रामबहादुर गुरुङ ढल्केले  नगद पन्ध्र हजार रुपैयाँ सहयोग गरका थिए ।

कार्यक्रममा बोल्दै लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल र राइजिङ स्टार युवा क्लबका अध्यक्ष यमप्रसाद गुरुङले दाताहरुलाई धन्यवाद दिँदै रकमको सदुयोग हुने विश्वास व्यक्त गरे ।

तपाईँको मत