कला

लघुकथा : प्रस्ताव

"बिहे त गर्दिनँ, तर आमा चाहि बन्छु।" एक चर्चित अभिनेत्री र एक गजलकारले झैँ उसले पनि भन्थ्यो "बिहे त गर्दिनँ, तर बाउ चाहि बन्छु।" सोच्थ्यो "बिहे गर्नु भनेको आफ्नो जीवनलाई एउटी नारी सँग बाँध्नु हो।त्यस्तो म किन गर्ने? म त स्वतन्त्रता चाहान्छु।"

तिनै अभिनेत्री सित नजिकियो ऊ र आफ्नो प्रस्ताव राख्यो। चलचित्रमा अभिनय गर्दा हाँसे जस्तो लामो हाँसो हाँस्दै भनिन् "मैँले बिहे नगरी आमा बन्छु भनेको टेष्टट्युवबाट हो नि। पुरुष सँगको सहबासबाट होइन नि।"

"हस्पिटलको फ्रिजमा राखेको शुक्रकीट पनि त आखिर कुनै पुरुषको नै हो। मात्र कस्को हो भन्ने, थाहा नहुने त हो। त्यसरी जन्माएको बच्चा प्रति दायित्व केवल तपाईंको मात्र हुन्छ। म सँगको सहबासबाट जन्मिएको बच्चा प्रति त मेरो पनि दायित्व हुन्छ नि। दुवैको हेरचाहबाट बच्चा अँझै राम्रोसँग हुर्किन सक्छ।"

प्रस्ताव स्वीकार गरुँ कि नगरुँ भनी सोच्न थालिन् ऊनी। ऊ प्रतिक्षामा बस्यो।

सैनामैना- ११, रुपन्देही ।

तपाईँको मत