कला

लघुकथा: कसरी धनी भइस्?

छोराको विवाह, बिजिनेसम्यान अमीरराज मैनालीको, एकदम प्रचण्डशैलीको, सम्पूर्ण "धनवादी!" बोलायो आफ्ना गुरुहरू, ४० साल पहिलेका, "गौरीकान्त भास्कर, हीराकान्त सोमरसोपाध्याय, अनुगुञ्जनराज जनकश्री मायालु र प्रोफेसर अजेयनारायण निर्भीकोपाध्याय सुमेधाश्री दयालु महाराज।" चार यार, प्यार ही प्यार। "पढाइमा त लद्दु थियो यो, कसरी यो हनुमान जम्प गर्यो, नेता पनि होइन? कसरी?" मायालुको प्रश्न। "के भन्न सकिन्छ र? हिजो रोडपति, आज करोडपति, हिजोका किस्तबहादुर आजका सिकिस्तबहादुर, हिजोका कमल थापा, आझ उन्ताङटाङ्ग, के भन्न सकिन्छ र?" गौरीकान्त।

"अरूको कुरा के, हाम्रै केशव पाण्डे र गीताकान्त ढकाल हेरे हुन्न! सरस्वतीले मात्र मायाँ गरेर हुन्छ? आरजूले शेर लेखेर मात्र हुन्छ? विश्वलाई खुशी बनाउन लक्ष्मीको आड लिन परेन। त्यसै बनिन्छ "ग्रेटा राणा?" महाराज दयालु। " हो त, अर्ती उपदेश दिने नाम्चेबजारमा, अमल गर्ने ८८४९ मीटरमाथि, शेर्पा!" मायालु।

"सरहरू नमन! आयो अमीर, सबै गुरुहरूको चरण स्पर्श गर्यो। " सबै जिल्ल। दयालुले वसीम बरेलवी सम्झियो, "ए बच्चा जरूर आसमान को छू लेगा, बडों का पाव छू कर आ रहा है!" सुनायो। अमीरको आँखामा नयननीर। सेल्फी लियो। गुरुहरूलाई छोराबुहारीहरूसित मिलायो। चार प्याकेट उपहार,गुरुहरूलाई। के हो? थाहा छैन! यो पनि नौलो। असजिलो मानी मानी समाए।

"ए अमीर, कसरी धनी भइस्!?" थामिएन मायालु। "लेकिन लाले तू अमीर कैसे बना?" विधाता सिनेमा, शम्मी कपूर र दिलिप कुमार सम्झियो दयालुले। सबैको ध्यान अमीरतिर, उज्यालियो अमीर, बोल्यो, "गुरुदेव, हजुरहरू क्यान्टिनमा चिया पिउन गएको बेला म पनि जान्थें। हजुरको "धनी हुने उपाय" को गफ सुन्थें। तिनै अर्ती उपदेशहरू मानेर आज यहाँसम्म आइयो। अमल गरियो, हिलोमा कमल बनियो, अनि सीतानाथ वनवासराज दाजु" वासुदेव ढुङ्गाना युद्धनन्दनको " सङ्गत गरियो। जोखिम मोलियो। किताबले होइन सर, जिन्दगीले बाटो देखायो, सिद्धान्तले होइन सर, कर्मयोगले यहाँसम्म पुर्यायो। सतसर्ती संसार, देशदेशावर र अक्षत अन्टार्कटिकाका जनक हरिकलानन्दन अङ्कलको जीवन हेरियो, अनि भाग्य फेरियो। कर्मयोग, गीता पढियो। त्यो छोरा जमीरकी जननीको नाम गीता, जी एम! उद्यम हो सर। उद्यम। गफ गरेर बन्ने होइन बिल गेट! काम, काम, काम, अनि फल्ने छ दाम! मौरी बनियो। सत्य यही हो। छलछाम छैन। कर छलेको छैन। सबै धनीहरू सामन्ती होइनन् ! म लाग्छु।"

"मायालु, होश आयो?" दयालु महाराजको कटाक्ष।

"मलाई पहिल्यै थाहा थियो, मतिर सोझिन्छ भनेर!" मायालु। सबै हाँसे। आशीर्वाद दिएर टोली फर्कियो, ओलीको कुरा गर्दै।

तपाईँको मत