अमेरिकाद्वारा इरानमाथि आक्रमण
- ८ असार आइतबार, २०८२ | ०६:५८:०० मा प्रकाशित

काठमाडौं । अमेरिकाले इरानमाथि आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले इरानमाथि आक्रमण गरेको बताएका हुन् ।
मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफ्नो देशले इरानका फोर्डो, नटान्ज र इस्फहानलगायत आणविकस्थलमा धेरै सफल आक्रमण सम्पन्न गरेको घोषणा गरेका छन् । उनले सबै विमान हाल इरानको हवाई क्षेत्रबाहिर आइसकेको बताएका छन् ।
“हामीले इरानका तीन आणविकस्थल – फोर्डो, नटान्ज र इस्फहानमा हाम्रो धेरै सफल आक्रमण सम्पन्न गरेका छौँ । सबै विमानहरू अब इरानको हवाई क्षेत्रबाहिर छन् । मुख्य स्थल फोर्डोमा पूर्ण मात्रामा बमहरू खसालिएको छ । सबै विमानहरू सुरक्षित रूपमा घर फर्किंदै छन् । हाम्रा महान् अमेरिकी योद्धाहरूलाई बधाई । विश्वमा यो गर्न सक्ने अर्को कुनै सैन्य शक्ति छैन । अब शान्तिको समय हो ! यो विषयमा तपाईंको ध्यानका निम्ति धन्यवाद,” ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल पोस्टमा लेखेका छन् ।
प्रतिकृया दिनुहोस