आर्थिक वर्षकाे अन्तिम दिन नेप्से परिसूचक २८ सय नजिक, काराेबार रकममा वृद्धि
- गाउँ सहर संवाददाता
- ३२ असार बुधबार, २०८२ | १५:१६:०० मा प्रकाशित

काठमाडाैं । आर्थिक वर्ष २०८१/८२ को अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। यसदिन (बुधबार) नेप्से परिसूचक ३४.६१ अंक बढेर २७९४.७८ विन्दुमा पुगेको छ।
यस दिनको बन्द विन्दु करिब साढे ४ महिनायताकै उच्च विन्दु हो। यस अघि गत फागुन २२ गते नेप्से २८१८.४३ विन्दुमा बन्द भएको थियो। सोपश्चात यस दिन नै नेप्से यस स्तर नजिक पुगेको हो।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ। यस दिन ३३० स्टकको ९९ हजार ५०५ पटकको कारोबारमा १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार रुपैयाँबराबरको ४ करोड ३१ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिनको कारोबार रकम पनि करिब साढे ४ महिनायताकै उच्च हो। यस अघि गत फागुन १९ गते नेप्सेमा १४ अर्ब २८ करोडको शेयर खरिदबिक्री भएको थियो।
यस दिन १० प्रतिशत केबिएल डिबेञ्चर २०९० र थ्रिस्टार हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन ग्रीन डेभलपमेन्ट बैंक, एनआईबिएल स्टेबल फण्ड र अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको माइ खोला हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ७.८७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६१ करोड ८७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको साढे ५६ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सानिमा माइ हाइड्रोपावरको करिब ४० करोड रुपैयाँको शेयर कारोबार भएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
- साउने संक्रान्ति : लुतो फ्याँक्ने चलन, किन फालिन्छ लुतो नयाँ पुस्तालाई थाहै छैन्
- बिर्सनुभयाे कि -बीपी राजमार्गमा आजदेखि राति १२ घण्टा यातायात सञ्चालन नहुने
- बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
प्रतिकृया दिनुहोस