पार्टटाइम मास्टर साब! शिक्षाको गहिरो घाउ र मौन बेदना
- शुसिल चन्द्र ज्ञवाली
- १९ श्रावण सोमबार, २०८२ | २०:३४:०० मा प्रकाशित

प्रारम्भिक पृष्ठभूमि
हालै सार्वजनिक भएको SEE परीक्षाको नतिजा पश्चात् विद्यार्थीहरू आफ्नो रुचिअनुसार विषय छान्न र उज्ज्वल भविष्य निर्माण गर्न विभिन्न निजी तथा सामुदायिक शिक्षण संस्थाहरूमा भर्ना हुने क्रम तीव्र बनेको छ। भर्ना मात्र होइन, हालैदेखि नियमित पठनपाठन समेत सुरु भइसकेको छ।
कक्षा ११/१२ को महत्व
कक्षा ११/१२ शिक्षाको आधारस्तम्भ हो। विश्वविद्यालय तह र अन्य उच्च शिक्षाको प्रवेशद्वार यही तह हो। यस तहमा बलियो जग नबनाएमा, भविष्यमा राष्ट्रिय वा अन्तर्राष्ट्रिय डिग्री अध्ययनमा चुनौती उत्पन्न हुन सक्छ।
'कलेज' भन्ने भाष्यको प्रभाव
आजभोलि ११/१२ मा अध्ययनरत विद्यार्थी र अभिभावकबीच 'कलेज' शब्द व्यापक रूपमा प्रयोग हुन्छ। यसले माध्यमिक तहलाई पनि स्वतन्त्रता, लचिलोपन र गैरअनुशासित शैलीमा प्रस्तुत गरिरहेको देखिन्छ। यसले कक्षामा नियमित उपस्थिति र अनुशासनमा गम्भीर असर पारेको छ।
पाठ्यक्रम र संरचनात्मक परिवर्तन
२०७६ सालको पाठ्यक्रम प्रारूप अनुसार माध्यमिक शिक्षालाई तीन धारामा विभाजन गरिएको छ—सामान्य, प्राविधिक, र व्यवसायिक। तर, व्यवहारमा कक्षा ११/१२ अझै पूर्णरूपमा विद्यालय संरचनाभित्र गाभिएको छैन। 'कलेज' जस्तो ढिलो सुरु हुने, छोटो समयको पढाइ, र गैरसुविधायुक्त प्रणालीले विद्यार्थीको विकासमा असर पुर्याइरहेको छ।
उदाहरण: उज्वल मास्टर
उज्वल, एक प्रतिष्ठित निजी विद्यालयमा १२ कक्षामा अर्थशास्त्र पढाउने पार्टटाइम शिक्षक हुन्। उनी MBA र MA गरेका, एक पेशेवर बैंक म्यानेजर हुन्। उनी विहान हतारमा कक्षामा पुग्छन्, ४५ मिनेटको समयमा पाठ भट्याउँछन्, विद्यार्थीका प्रश्नहरू नबुझ्दै अर्को कक्षामा पुग्छन्। बेलुका अफिसको व्यस्तता पछि थकाइले ग्रसित हुन्छन्, र किताबसमेत हेर्न पाउँदैनन्।
समस्या शिक्षकको हो?
पक्कै पनि होइन। उज्वलजस्ता शिक्षक दक्ष छन् तर संरचनात्मक कमजोरी, पाठ्यसमयको कमि, र व्यवस्थापकीय प्रणालीको अभावले सिकाइमा असर परेको छ।
समाधानका उपायहरू
माध्यमिक शिक्षा सुधार गर्न तलका उपायहरू सिफारिस गरिन्छ:
शैक्षिक संरचनासम्बन्धी सुधार
-
कक्षा ११/१२ लाई पूर्ण रूपमा विद्यालय (कक्षा ९–१२) संरचनामा ल्याई विहानी सत्रलाई दिवा सत्रमा रूपान्तरण गर्ने।
-
पाठ्य घण्टीलाई ५५ मिनेट बनाउने।
-
आधुनिक, देशअनुकूल पाठ्यक्रम समावेश गर्ने।
शिक्षक व्यवस्थापन सुधार
-
पार्टटाइम शिक्षकलाई पूर्णकालिक बनाउने।
-
विषय विशेषज्ञ मात्र अध्यापनमा खटाउने।
खेलकुद र अतिरिक्त क्रियाकलाप प्रवर्द्धन
-
क्रिकेट, फुटबल, भलिबल जस्ता खेलकुदसम्बन्धी पाठ्यक्रम ल्याउने।
-
हरेक महिनाको अन्तिम शुक्रबार ‘खेलकुद दिवस’ मनाउने।
-
विज्ञान विद्यार्थीहरूका लागि महिनामा एकपटक विज्ञान प्रदर्शनी।
नियमन र मूल्याङ्कन प्रणाली सुधार
-
मासिक परीक्षा हरेक अन्तिम बिहिबार लिने र अर्को महिनाको पहिलो बिहिबार नतिजा प्रकाशन गर्ने।
-
परीक्षा विभिन्न सेट (A1, B2, C3, आदि) मा सञ्चालन गर्ने।
-
क्यान्डल स्टिक चार्ट बाट नतिजा विश्लेषण गर्ने।
व्यवहारिक सिकाइ र अनुभव
-
विषयअनुसार इन्टर्नसिप कार्यक्रम सञ्चालन गर्ने।
-
फिल्ड भिजिट, शैक्षिक भ्रमण, र रिफ्रेशमेन्ट टुर राख्ने।
-
विज्ञान, कृषि, पर्यटन, उद्योग, जलस्रोत (३ज र १च) मा आधारित व्यवहारिक पाठ्यक्रम समावेश गर्ने।
अनुशासन, संस्कार र मोटिभेसन
-
हरेक दुई महिनामा एकपटक योग, ध्यान, संस्कार तथा मोटिभेसन कार्यक्रम सञ्चालन गर्ने।
-
प्रत्येक १५ दिनमा विद्यार्थी प्रस्तुति (presentation) कार्यक्रम सञ्चालन गर्ने।
वित्तीय र सुविधा व्यवस्थापन
-
पाठ्यपुस्तक खरिदमा छुट, परिचय पत्रका आधारमा दिने व्यवस्था।
निष्कर्ष
कक्षा ११/१२ विद्यार्थीहरू भविष्यका नेता हुन्। यदि हामीले यस तहलाई बलियो, व्यवस्थित, र समयसापेक्ष बनाउन सकेँ, भने उनीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल रहन सक्षम हुनेछन्। संरचनागत सुधार, पाठ्यक्रमको नविकरण, शिक्षक व्यवस्थापन, र व्यवहारिक अभ्यासमार्फत मात्र गुणस्तरीय माध्यमिक शिक्षा सम्भव छ।
प्रतिकृया दिनुहोस