ज्वाइँ
- एमबी खड्का
- २४ श्रावण शनिबार, २०८२ | १८:४४:०० मा प्रकाशित

साईनाहरुको सूचीमा खासै चासोमा नपरेको
एउटा साईनो छ-
ज्वाँई
बा को औंसी छ- आमाको पनि औंसी छ
छोरी चेलीको दर छ
र ज्वाँईसापलाई यहि एउटा जनैको भर छ
अस्पतालमा सिस्टरले छोरी भै- बधाई छ भनेपछि
निधार खुम्च्याई सकेपछी बा ले
ज्वाँईको सपना सुरु गरे
एउटै उमेर समुहका छोराका बाहरु सित
मीठो बोल्न सुरु गरे
कि मेरो ज्वाइँ यस्तो होस् त्यस्तो होस्
तर मैं जस्तो कर्मचण्डाले नहोस्
अलिअलि हलक्क बढेको
उज्यालो धपक्क बलेको
अलिअलि फुलेको फलेको
यस्तै यस्तै ज्वाइँ होस्
भन्सारको जागिरे होस्
सञ्सारको भाग्यशाली होस्
अमेरिकाको ग्रीनकार्ड वाला
कि त नेता होस् राजनेता होस्
मेरो ज्वाइँ त्यस्तो होस्
तर मै जातो जोईटिङ्रे हुत्तिहारा नहोस्
एकादेशमा
मेरा साख्खै जेठान थिए
ज्वाइँ आईदिए हुन्थ्यो खाईदिए हुन्थ्यो
यति खाईदिए हुन्थ्यो कि कोठाभित्रै
छादीदिए हुन्थ्यो छेरिदिए हुन्थ्यो
र म आँफै सफाई गर्न पाउथेँ
घरकाले थाह पाउनु अघि
लिपपोत गरेर सुग्घर पारी सक्थेँ
मेरो घर पबित्र हुन्थ्यो
र म आँफै पबित्र हुन्थेँ
तर ती धर्ती छोडेर गए
कहिलेकाही याद गर्न मिल्ने
अर्ती छोडेर गए
प्रतिकृया दिनुहोस