समाज

बढ्यो आर्थिक अपराधमा धेरै कसुर बैंकिङका

काठमाडौँ । पछिल्लो समय आर्थिक अपराध वृद्धि भएको पाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँकाअनुसार सबैभन्दा बढी मुद्दा दर्ता बैंकिङ कसुरका रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले मुख्य १० वटा सबैभन्दा बढी दर्ता भएका मुद्दालाई विश्लेषण गर्दा बैंकिङ कसुर पहिलो नम्बरमा रहेको बताए।

बुधवार परिसरमा आयोजित पत्रकार सम्मेलनमा उनले गत आर्थिक वर्ष २०८१/०८२ मा ६ हजार ५ सय ५३ वटा मुद्दाहरू बैकिङ कसुरका दर्ता भएको जानकारी दिए।

गतवर्ष १२ हजार ९ सय १५ वटा मुद्दा दर्ता भएका थिए। उनकाअनुसार बैंकिङ कसुरपछि अभद्र व्यवहारका मुद्दा १ हजार ९ सय ५३ वटा रहेका छन्। त्यसपछि क्रमशः चोरी, ठगी, लागुऔषध, आत्महत्त्या, जबर्जजस्तीकरणी, ज्यान मार्ने उद्योग, सवारी ज्यान र अंगभंगका घटनाहरू रहेका उनले बताए। 

चोरीका ९५१, ठगीका ७४७, लागूऔषधका ४३१, आत्महत्याका ३३२, जबर्जजस्ती करणी २४४, ज्यान मार्ने उधोग १४०, सवारी ज्यान १०० र सवारी अंगभंग ७४ वटा मुद्दा दर्ता भएका छन्। 

औसतमा दैनिक ३५ वटा मुद्दा दर्ता भएको देखिएको प्रहरी प्रमुख अधिकारीले बताए। उनकाका अनुसार यी १० प्रकारका मुख्य अपराध कुल मुद्दाको ८९ प्रतिशत हो। 

गाउँ सहर संवाददाता

तपाईँको मत